शिक्षा

धरानमै अन्तर्राष्ट्रिय शिक्षाको अवसर : प्राइम भिजन इन्टरनेशनल कलेजद्वारा भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न

धरान: प्राइम भिजन इन्टरनेशनल कलेज धरानले शैक्षिक सत्र २०८३ का कक्षा ११, एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन् तथा एड्भान्स डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजीका नवप्रवेशी विद्यार्थीहरूका लागि इटहरीस्थित रामाडा बाइ विन्धम होटलमा भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

धरानबाट शैक्षिक सत्र २०८३ का लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने पहिलो कलेजको रूपमा प्राइम भिजन इन्टरनेशनल कलेजले नयाँ उदाहरण प्रस्तुत गरेको छ। कार्यक्रममा ५० भन्दा बढी नवप्रवेशी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत अभिषेक श्रेष्ठले कलेजको परिचय, शैक्षिक विशेषता, व्यावसायिक शिक्षा तथा विद्यार्थीहरूको भावी करियर विकासका अवसरहरूबारे जानकारी गराउनुभयो। उहाँले आजको प्रतिस्पर्धात्मक विश्वमा विद्यार्थीहरूलाई केवल शैक्षिक ज्ञान मात्र नभई व्यावहारिक सीप, अन्तर्राष्ट्रिय स्तरको एक्सपोजर र रोजगारमुखी शिक्षा आवश्यक रहेको उल्लेख गर्दै प्राइम भिजनले यिनै पक्षहरूलाई प्राथमिकतामा राखेर शिक्षा प्रदान गरिरहेको बताए।

कार्यक्रमका विशेष अतिथि LCCI GQ का Partnership Head दिवस योन्जनले विद्यार्थीहरूलाई धरानमै बसेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्ने अवसरबारे जानकारी दिए। उनले प्राइम भिजन इन्टरनेशनल कलेजमार्फत विद्यार्थीहरूले विश्वस्तरीय पाठ्यक्रम, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र तथा विश्वव्यापी करियरका अवसरहरू हासिल गर्न सक्ने बताए। साथै, यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास र व्यावसायिक क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

त्यसैगरी, प्राइम भिजन इन्टरनेशनल कलेजको निर्देशक दुर्गा सुवेदीले सम्पूर्ण नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरे। उनले विद्यार्थीहरूलाई अनुशासित, मेहनती र लक्ष्यप्रति प्रतिबद्ध रहन प्रेरित गर्दै कलेजले उनीहरूको उज्ज्वल भविष्य निर्माणका लागि आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यार्थीहरूलाई अध्ययनका लागि आवश्यक लर्निङ ब्याग, पुस्तकहरू तथा हस्पिटालिटी कार्यक्रमका विद्यार्थीहरूलाई किचन किट समेत निःशुल्क वितरण गरिएको थियो।

प्राइम भिजन इन्टरनेशनल कलेज हाल धरानको एकमात्र कलेज हो जसले विद्यार्थीहरूलाई +2 सँगै एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट (ADHM) वा एड्भान्स डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजी (ADIT) अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको छ। यस विशेष डुअल डिग्री कार्यक्रममार्फत विद्यार्थीहरूले विद्यालय तहको अध्ययनसँगै अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक शिक्षा प्राप्त गर्ने अवसर पाउँछन्। साथै, कक्षा १२ पूरा गरेपछि सशुल्क (Paid) Internship मा सहभागी भई व्यावहारिक अनुभव हासिल गर्ने विशेष सुविधा समेत उपलब्ध रहेको कलेजले जनाएको छ।

कार्यक्रमले विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, अन्तर्राष्ट्रिय साझेदारी, करियरका अवसर तथा व्यावसायिक शिक्षाको महत्वबारे जानकारी प्रदान गर्नुका साथै नयाँ शैक्षिक यात्राका लागि थप उत्साहित र प्रेरित बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई