सहित्य/सिर्जना

धरानमा काव्य–कला कोलाज २०८३ सम्पन्न


धरान: धरानमा शब्द, विचार, भावना र कलाको सुन्दर मिलनका रूपमा काव्य–कला कोलाज २०८३ शनिबार सम्पन्न भएको छ ।
कविता वाचनसँगै विभिन्न साहित्यिक तथा बौद्धिक विमर्शले कार्यक्रमलाई बौद्धिक र सिर्जनात्मक उत्सवमा रूपान्तरण गरेको हो ।
सिर्जनाप्रेमीहरूले साहित्य,कला, संस्कृति र फोटोग्राफीको अनुपम अनुभव लिएका थिए ।
कार्यक्रम अन्तर्गत दुई विशेष बौद्धिक सत्रमध्ये ‘कथा धरानको’ शीर्षकमा डा. दीपक न्यौपानेले धरानको ऐतिहासिक तथा सांस्कृतिक सन्दर्भ प्रस्तुत गर्दै धरानको कथा साहित्यको विकासक्रम र कथाकारहरूको प्रवृत्तिबारे प्रकाश पारे ।
त्यसैगरी ‘हामीले बनाइरहेको मानिस’ शीर्षक सत्रमा मनोवैज्ञानिक रुकुम टमटा र सह–प्राध्यापक डा. इन्दिरा मिश्रले मानव मनोविज्ञान र समाज निर्माणबीचको सम्बन्धबारे गहन विमर्श गरे । उक्त सत्रको सहजीकरण राज माङलाकले गरेका थिए ।
काव्य–कला कोलाजको विशेष आकर्षण ‘इन्द्रेणी कविता’ सत्र रह्यो, जहाँ विभिन्न मातृभाषाका स्रष्टाहरूले आफ्ना रचना वाचन गरे । निमा पोङ्स्युव भोटे, रामनन्द चौधरी, मिश्रा गुरुङ, आइतु ग्याबा, लिला मगर, भीम विरही, वर्षा धिमाल, भवानी शंकर भट्टराई र बाली छथरेले आ–आफ्नो मातृभाषामा कविता प्रस्तुत गर्दा कार्यक्रम बहुभाषिक र सांस्कृतिक रंगले झल्किएको थियो ।
साहित्यिक प्रस्तुतिसँगै आयोजित फोटोग्राफी प्रदर्शनीले कार्यक्रमको आकर्षण थप उचाइमा पुर्‍यायो । प्रदर्शनीमा दीपेश योञ्जनका मञ्चीय क्षण समेटिएका तस्बिर, राजेश शाक्यका प्रकृति र जीवन झल्काउने ल्यान्डस्केप फोटोग्राफी तथा रोजेश शाक्यका सिर्जनात्मक एवं सौन्दर्यपरक तस्बिरहरू प्रदर्शन गरिएका थिए ।
कार्यक्रममा सहभागी कलाप्रेमीहरूले काव्य–कला कोलाजले धरानको साहित्यिक र सांस्कृतिक वातावरणलाई अझ समृद्ध बनाएको प्रतिक्रिया दिएका छन् ।
सहभागी कवि सुदीप पाख्रिनले शब्दका कविता र कलाका रंगसँगै तस्बिरभित्र बोलिरहेका कथासँग साक्षात्कार गर्ने अवसर मिलेको बताए ।
कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानको आयोजनामा तथा धरान उपमहानगरपालिकाको सहयोगमा काव्य–कला कोलाज २०८३ आयोजना कार्यक्रमको सभाध्यक्षता राजेश विद्रोही गरेका थिए।

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान