शिक्षा

सिदार्थ शिशु सदन स्कुलमा वार्षिक उत्सव सम्पन्न


धरान: सिदार्थ शिशु सदन, सिदार्थ मन्टेश्वरी धरान–१६ मा वार्षिक उत्सव सम्पन्न भएको छ ।
स्कुलले मंगलवार र वुधवार दुई दिवसीय कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव सम्पन्न भएको हो ।
सो अवसरमा ६ जना विद्यार्थीहरुलाई उत्कृष्ट विद्यार्थी अर्वाड प्रदान गरेको छ । विद्यार्थीहरुलाई अर्वार्ड प्रदान गरेको हो ।
अर्वार्ड पाउने विद्यार्थीहरुमा आयन गेलाल, सुद्रिष्टी कार्की, आदित्य खड्का, सुप्रिया आचार्य, जोस्लीन हलुवाई र लेन्रु राई रहेकाछन् ।
उनीहरुलाई ट्रफि,प्रमाण–पत्र र मायाको चिनो प्रदान गरीएको थियो । सोही अवसरमा ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरीएको स्कुलका निर्देशक विकास सोनीले जानकारी दिनुभयो ।
निर्देशक सोनीका अनुसार कक्षामा प्रथम हुनेलाई शतप्रतिशत, दोस्रो हुनेलाई ७६ प्रतिशत र तेस्रो हुनेलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरीएको छ । विद्यार्थीहरुलाई पढाईमा प्रोत्साहन गर्नको लागि छात्रवृत्ति प्रदान गरीएको निर्देशक सोनीले वताउनु भयो ।
सोही अवसरमा नियमित कक्षामा उपस्थिति हुने विद्यार्थीहरु लगायतको पुरस्कार वितरण गरीएको थियो ।
कार्यक्रममा प्रिस्कुलबाट स्कुल प्रवेश गरेका ४० जना विद्यार्थीहरु दिक्षित भएका थिए । सिदार्थ शिशु सदनमा स्कुल र सिदार्थ मन्टेश्वरी समेत संचालनमा रहेको छ ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई