धरान विशेष

धरान ११ नम्बर वडा समितीले टोलबासीसँग सुझाव संकलन गर्न थाल्यो


धरान: प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थानीय सरकारले प्राय: जनताको मनभावना बुझेर काम गरेको पाइदैन । वडाबाट पाउने सुविधा, वडामा आउने बजेट, टोल विकास समितिले गर्ने काम लगायतका समस्याहरुलाई सुल्झाउन भएपनि वडा भेला आवश्यक हुन्छ । अन्य वडाले आकलझुकलमा यस्ता भेला गर्ने गरे पनि धरान उपमहानगरपालका वडा नं. ११ ले भने समय समयमा आफ्नो वडामा रहेका टोल विकास समितिका प्रतिनिधि तथा सर्वसाधारणलाई भेला गरेर समस्या बुझ्ने गरेको छ ।

धरान उपमहानगरपालिकाको ११ नं. वडामा ३३ वटा टोल विकास समिति रहेका छन् । वडा भेलामा सहभागी भएका (टिएलओ)का प्रतिनिधिहरुले सबै वडामा भएका समस्या, विकासका कामहरु गर्न नसके पनि आवश्यकता अनुसार बजेटको आकारलाई हेरेर गर्नुपर्नेमा (टिएलओ)का प्रतिनिधिहरुले वडाध्यक्ष समक्ष माग राखेका थिए। टोल विकास समितिका प्रतिनिधिहरुले अनिवार्य गर्नुपर्ने, जनतालाई अपरिहार्य चाहिने आधारभूत आवश्यकतालाई मध्यनजर गरी बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले वडामा गरिब तथा असहायहरु धेरै भएकोले विमा कार्यक्रम अन्तर्गत त्यस्ता वडालाई निःशुल्क विमाको कार्यक्रम अगाडि सार्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले आफ्नो घर, टोल बलियो बनाउन सकेमात्र वडा समेत बलियो हुने बताउदै वडाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए । उनीहरुले आवश्यकताको आधारमा बजेटको आकारलाई हेरेर कुनै स्वार्थविना विकासका कामहरु गर्नुपर्नेम जोड दिएका थिए ।

टोल विकास समतिका प्रतिनिधीहरुका कुरा सुनिसकेपछि वडाध्यक्ष लोकेन्द्र फागोले टोलविकास समितिसँग समन्वय नगरीकन गरेको विकासका कार्यक्रम प्रभावकारी नभएका कारण समन्वय गरेरमात्र अगाडि बढ्ने गरेको बताउनुभयो । उहाँले स्वास्थ्य विमा वडाबासीकालागि अपरिहार्य भएपनि सोचेजस्तो काम गर्न नसकेको बताउदै आर्थिक बर्ष २०८०/०८१ मा १ करोड ३६ लाख बजेट आएकोमा ४५ प्रतिशत पूर्वाधार विकास, ५५ प्रतिशत विभिन्न सामाजिक विकास कार्यक्रममा कम गर्दा बजेट अपुग हुने स्पष्ट पार्नुभयो । उहाँले (टिएलओ)ले सिफरिस गरेको व्यक्तिलाई अवस्था हेरेर स्वास्थ्य विमा कार्यक्रम अगाडि बढाउने बताउनुभयो ।

बास्तबमै यस्ता वडा भेलाहरुले वडामा आउने वास्तविक बजेट, कुन शीर्षकमा कति खर्च गर्ने, बजेट अभावका बाबजुद पनि के कस्ता काम अगाडि बढाउन सकिन्छ लगायतका कुरा बुझन वडा भेलाले सहयोग गरेको थियो । यतिमात्र हैन जनप्रतिनिधि र जनताबीच प्रत्यक्ष भेटघाट, भलाकुसारी गर्ने अवसरका रुपमा पनि धरान ११ मा गरिएको वडा भेलाले जुराइदिएको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।