शिक्षा

नेविसंघ महेन्द्र क्याम्पस धरान इकाइद्वारा संस्थापक अध्यक्षलाई सम्मान


धरान: नेबिसंघ महेन्द्र क्याम्पस इकाई समितिले संघका संस्थापन सभापतिलाई सम्मान गरेको छ ।
नेवि संघ महेन्द्र क्याम्पस इकाइका सभापति विनोद आले मगरको कार्यसमितिले संस्थापक सभापति मदन ढकाललाई सम्मान गरेको हो । ढकाल नेबिसंघको महेन्द्र क्याम्पस इकाईको पहिलो सभापती हुन । प्रजातन्त्र स्थापना अघि अर्थात २०४४ सालदेखि सभापति बन्नु भएका ढकाल प्रजातन्त्र स्थापना पश्चात अर्थात २०५१ सालसम्म सभापतिको भूमिकामा रहनु भएको थियो ।
बुधबार नेवि संघ महेन्द्र वहुमुखी क्याम्पस इकाईले भर्खरै सम्पन्न स्ववियु निर्वाचनबाट नवनिर्वाचित स्वतन्त्र विद्मार्थी युनियनका कार्य समितीलाई साम्मानसँगै नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा संस्थापक सभापति ढकाललाई सम्मान गरेका हुन् ।
सो अवसरमा नेविसंघ महेन्द्र क्याम्पस इकाईले २०८१ सालको नयाँ क्यालेन्डर समेत प्रकाशित गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, नेविसंघका पुर्ब अध्यक्ष राजिव ढुगानाले राजनितिक दलसँग जनता रुष्ट भएको सामाजिक सञ्जालमा फैलाइएकोे नेबिसंघ र अनेरास्वबियुको गठबन्धन प्यानल महेन्द्र क्याम्पसमा अत्यधिक मतले बिजय भएबाट प्रष्ट हुने बताउनुभयो ।
प्रमुख अतिथीको रुपमा आउनु भएका ढुगानाले लोकतन्त्र कमजोर बनाउन सडकमा राज आउ देश बचाउ भन्दै आउनेहरुको भीड अराजक भएको बताउदै २ सय ४० बर्ष शासन चलाएको राजाका पक्षमा अब जनता नभएको स्पष्ट पार्नुभयो ।


कार्यक्रमा इकाईद्वारा प्रकासित क्यालेण्डर विमोचन र गरिएको थियो । नेबिसंघ इकाई सभापती बिनोद आले मगरको अध्यक्षमा भएको कार्यक्रममा अतिथीहरु पुर्व कोशी प्रदेश प्रमुख गोविन्द सुब्बा, नेपाली काँग्रेस कोशी प्रदेश सद्स्य किशोर राई, नेपाली काँग्रेस सुनसरी सचिव माधव घिसिङ, धरानका निवर्तमान मेयर तिलक राई, क्षेत्रीय सभापती सुजेन्द्र तामाङ, प्रदेश ‘ख’ सभापती मुरारी भट्टराई। धरान नगर सभापति श्याम पोखरेल नेबिसंघ केन्द्रीय सदस्य संगीता बाहिङ राई, तरुण दल केन्द्रीय सद्स्य देबेन्द्र लिम्बु र नेविसंघ सुनसरीका सभापति प्रमोद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई