
धरानमा खेलकुदका गतिविधिहरु धेरै हुने गरेका छन् । यहाँ व्याडमिन्टन, टेबुलटेनिस, सितेरियो कराते, बडिविल्डिङ फुटबल लगायतका दर्जनौ खेलकुद प्रतियोगिता हुने गरेका छन् । यसैवीच धरान १७ का युवाहरुको क्लब धरान सिटी फुटबल क्लब प्रालिले धरानमा रहेका क्लबहरुलाई समेटेर प्रतियोगिताको आयोजना गर्न लागेको छ ।
क्बले आगामी भदौ २८ गतेदेखि असोज ४ गतेसम्म क्लब स्तरीय प्रतियोगिता आयोजना लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
क्लबका अध्यक्ष विवेक राइले अनुसार फुटबल खेललाई प्राथमिकतामा राखेर फुटबल खेलको श्रीवृद्धिकोलागि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो ।
धरान १६ स्थित रंगशालामा आयोजना हुने प्रतियोगिता नक आउट आधारमा खेलाइने अध्यक्ष राईले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक क्लब सहित धरानका ८ वटा क्लबहरुले प्रतिस्पर्धा गर्ने जनाइएको छ।
अध्यक्ष राईका अनुसार प्रथम धरान सिटि रनिङ कपको विजेता टिम नगद १ लाख, र उपविजेता टोलीले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा म्यान अफ द म्याच, वेस्ट प्लेयर, बेस्ट डिफेन्स, बेस्ट गोलकिपरलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । क्लबले प्रतियोगिताका लागि अनुमानित १२ लाख रुपैयाको बजेट सार्वजनिक गरेको छ ।