अपराध

प्रकृति लम्सालको मृत्युको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्नुपर्ने विद्यार्थीहरुको माग

धरान: भारतको ओडिसा राज्यस्थित कलिङ्गा इस्टिच्युट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्व विद्यालयको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको फागुन ४ गते भएको निधनप्रति विद्यार्थीहरुले दुःख व्यक्त गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै नेपाली विद्यार्थीहरुमाथि गरेको दुर्व्यवहारको घोर भर्त्सना गरेका छन् ।
फागुन ४ गते भारतको ओडिसा स्थित कलिङ्गा इन्स्च्यिुट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अप्रत्याशित घट्ना घटयो । हेटौडा निवासी नेपाली चेली लम्सालको शंकास्पद मृत्युले सबैलाई भावविहाल मात्र बनाएन लम्सालको मृत्यु प्रति शंका उत्पन्न गराएको छ ।
नेपाली चेलीको शंकास्पद मृत्युप्रति खेद प्रकट गर्दै धरान ८ मा रहेको पूर्वाञ्चल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले द्विपप्रज्वलनसहित स्व. लम्सालप्रति श्रद्धाञ्जली र परिवारप्रति धैर्यधारण गर्नै शक्ति प्रदान होस् भन्दै दिप प्रज्वलनसँगै एक मिनेट मौनधारण गरेका थिए । रहस्यमय घट्नाको छानविन गरी दोषीलाई कारबाही गर्दै सुरक्षित पठनपाठनको ग्यारेन्टी गर्न नेपाल सरकारमार्फत भारत सरकारलाई दबाब दिएका छन् । उनीहरुले लम्सालमाथि अगाडिदेखि नै दुर्व्यवहार हुने गरेको तथ्य र यस विषयमा कलेज प्रशासन तथा सम्बन्धित पक्षलाई जानकारी गराउँदा समेत कलेज प्रशासनले गम्भीरता नलिदा यो घट्ना घटेकोले लम्सालको मृत्यु रहेको बताउदै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।
नेपाली विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जानुपर्ने बाध्यतात्मक परिस्थितिको अन्त्य गर्दै भौतिक पूर्वाधारदेखि गुणात्मक शैक्षिक प्रणाली र अध्ययनपश्चात स्वरोजगारको ग्यारेन्टी नेपाल सरकारले गर्नुपर्ने माग विद्यार्थीहरुको छ । पूर्वाञ्चल इन्जिनियरिङ कलेजको इलेक्ट्रिकल तेस्रो बर्षमा अध्यनरत रोशनकुमार शर्माले विगतमा तँछाडमछाड गरेर अध्ययनका लागि आउने विद्यार्थीहरु कोटा नपुगेर पढ्न नपाउने भएपनि अहिले चाहिएको कोटाजति कलेजमा पुर्‍याउन धौ धौ हुने गरेको बताउनुभयो । यस्ता समस्याको समाधान गरेर नेपालमै अध्ययन गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकारलाई माग समेत गर्नुभयो ।
लम्सालको निधनको समाचार सार्वजनिक भएपछि उक्त विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले आन्दोलन गरेका थिए । उक्त विश्व विद्यालयमा एक हजार पाँच सय नेपाली विद्यार्थीहरु अध्ययनरत रहेका छन् । मृतक लम्सालको निधनपछि न्याय माग्न गएका विद्यार्थीहरुलाई दुर्व्यबार गर्ने उक्त विश्व विद्यालयका छात्राबासका कार्मचारी र सुरक्षागार्डहरुलाई समेत कारबाहीको माग समेत विद्यार्थीहरुले गरेका छन् ।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

अपराध

संञ्चारकर्मी संञ्जीता धमला माथी हर्क साम्पाङ समर्थक महिलाहरुद्वारा आक्रमण

सञ्चारकर्मी संञ्जीता धमला माथी विपी कोईराला विज्ञान प्रतिष्ठान भित्र धरानको मेयर हर्क साम्पाङ समर्थक महिलाहरु द्वारा आक्रमण भएको समाजिक संञ्जाल
अपराध

संचारकर्मी धमला आक्रमणमा संलग्नता रहेको आरोपमा सृजना बेघा पक्राउ

बुधबार  बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सञ्चारकर्मी सञ्जीता धमला माथी आक्रमण गरेको घटनामा संगलगनता भएको आरोपमा एक जना महिला पक्राउ