अपराध

संञ्चारकर्मी संञ्जीता धमला माथी हर्क साम्पाङ समर्थक महिलाहरुद्वारा आक्रमण

सञ्चारकर्मी संञ्जीता धमला माथी विपी कोईराला विज्ञान प्रतिष्ठान भित्र धरानको मेयर हर्क साम्पाङ समर्थक महिलाहरु द्वारा आक्रमण भएको समाजिक संञ्जाल मार्फत जानकारी दिएकी छिन।

सार्वजनिक क्षेत्रमा अस्पतालमा म माथि आक्रमण भएको धमलाले लेखेकी छिन जहाँ म बिरामी अवस्थामा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्सरे कोठामा पालोमा थिएँ, अत्यन्तै पीडादायक र अकल्पनीय छ। हर्क साम्पाङका महिला समर्थकहरूले “धमलालाई कुट्न आको भन्दै” म र मेरो साथीलाई पछाडिबाट आक्रमण गरी, लुगा तान्दै, कुटपिट गर्दै, लछारपछार गरेका थिए। मोबाईल खोस्ने प्रयास समेत गरे ।

सार्वजनिक क्षेत्रअस्पताल जस्तो संवेदनशील स्थानमा यस्तो हिंसात्मक आचरणले केवल मेरो शारीरिक अवस्था मात्र होइन, मानसिक अवस्थालाई पनि ठूलो धक्का दिएको छ।

यो घटना भावनात्मक रूपमा हृदयविदारक छ। म बिरामी अवस्थामा उपचारको लागि पुगेको थिएँ। यस्तो अवस्थामा हिंसात्मक आक्रमणको सामना गर्नु, त्यो पनि सार्वजनिक स्थानमा, कुनै पनि व्यक्तिको लागि सहन गर्न गाह्रो नै हुन्छ। अस्पताल भनेको उपचारको लागि, शान्तिको लागि र सुरक्षित ठाउँ हो। तर, यहाँ उल्टै असुरक्षित महसुस गरायो। यस्तो आचरणले बिरामीमात्र होइन, अन्य सर्वसाधारणको मनोबलमा पनि नकारात्मक असर पार्न सक्छ।

कानूनी दृष्टिकोणले पनि यो घटना अत्यन्तै गम्भीर छ। सार्वजनिक क्षेत्र, विशेष गरी अस्पताल, जस्तो संवेदनशील स्थानमा यस्तो हिंसात्मक आचरणले कानूनी रूपमा सजायको भागिदार बनाउँछ। नेपालका कानूनअनुसार, सार्वजनिक क्षेत्रमा हो-हल्ला गर्नु, शान्ति भंग गर्नु, र हिंसा फैलाउनु दण्डनीय अपराध हो भनेर लेखेकी छिन। प्रहरीले हालसम्म ५ जनालाई पक्राउ गरिसकेको छ। मुना राई, फुलमाया मगर, प्रमिला राई, सर्मिला राई ,चन्द्रकला थेबेलाई प्रहरीले पक्राउ गरेका छ्न।

स्वतन्त्र नागारिक समाजले भने कुटपिट नगरेको विपी प्रतिष्ठान भित्र जम्का भेट हुदा सम्झाउन मात्र खोजेको भन्दै पक्राउ परेको दिदी बहिनीहरुलाई तुरुन्त रिहाईको माग गर्दै इलाका प्रहरी कार्यलय धरानमा आन्दोलन गरेका छ्न।

छुटाउनुभयो कि ?

अपराध

संचारकर्मी धमला आक्रमणमा संलग्नता रहेको आरोपमा सृजना बेघा पक्राउ

बुधबार  बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सञ्चारकर्मी सञ्जीता धमला माथी आक्रमण गरेको घटनामा संगलगनता भएको आरोपमा एक जना महिला पक्राउ
अपराध

सञ्चारकर्मी धमलामाथी आक्रमण गर्ने ७ जना सार्वजनिक, अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता

धरान: सञ्चारकर्मी सञ्जिता धमलालाई आक्रमण भएको भनिएको घटनामा पक्राउ पर्ने  ७ जनालाई सुनसरी प्रहरीले सार्वजनिक गरेको छ।  हिजो बुधबार वीपी