
धरान : धरान–५ स्थित फोकल्याण्ड टापु टिएलओको तेस्रो अधिवेशनबाट तिर्थ भुजेल अध्यक्ष निर्वाचित भएका छन्। तर, सदस्यहरूले विधि–विधानविपरीत मतदान भएको आरोप लगाएका छन्।
आइतबारको अधिवेशनमा गोप्य मतदानको सट्टा सदस्यको टाउको गनेर मत गणना गरिएको र बालबालिकालाई समेत सहभागी गराइएको आरोप छ।
अध्यक्षका प्रत्याशी दुर्गा शंकरले टिएलओ सदस्यको सट्टा एउटै घरका पाँच–छ जनासम्मको संख्या गनेर मतदान गरिएको बताए। उनका अनुसार ५–६ वर्षका बालबालिकालाई समेत मतदाताका रूपमा गणना गरिएको थियो।

फोकल्याण्ड टापुमा करिब २ सय टिएलओ सदस्य घरधुरी रहे पनि अधिवेशनमा करिब ४० घरका सदस्य मात्र सहभागी गराइएको शंकरको भनाइ छ। उनले गोप्य मतदान र सदस्यताको आधारमा मतदान गर्न माग गरे पनि बेवास्ता गरिएको बताए।
टाउको गनेर गरिएको गणनामा भुजेलले ४५ र आफूले ३५ मत पाएको घोषणा गरिएको शंकरले बताए। विवादबारे आयोजक पक्षका फणीन्द्र घतानिले उपस्थित सख्याको मत गणना गरिएको हो । जो उपस्थित छ्न उनिहरुलाई गणना गरिएको हो । कसैलाई चित नबुझे वडा कार्यलयमा गएर उजुरी हाल्नु पर्छ ।उनले भने”हारपछी जे बोलेर हुदैन ।”
उनले भने बालबालिकाको पनि टाउको गनियो तर सदस्य हुन कि होईन्न मतलव भएन ।” फोकल्याड टप्पु टिएओ ११ सदस्यीय बनेको छ ।

