समाज

मुटुमा प्वाल परेका टेम्पो चालकलाई यातायात मजदुर संगठनको ८९ हजार सहयोग



काठमाडौ: मुटुमा प्वाल परेको समस्याबाट सात महिनादेखि उपचाररत काठमाडौंका टेम्पो चालक रमेश तामाङलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ८९ हजार ३ सय आर्थिक सहयोग गरेको छ। महाराजगञ्जस्थित बाँसबारीको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत तामाङलाई संगठनले सोमबार अस्पतालमै पुगेर सहयोग हस्तान्तरण गरेको हो ।
आगामी आइतबार तामाङको मुटुको शल्यक्रिया हुँदै गर्दा सोमबार संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरे सहितको टोलीले ५० हजार १ सय हस्तान्तरण गरेको छ । यसअघि नै ३९ हजार २ सय समेत संगठनले सहयोग गरिसकेको छ । परिवारको मुख्य आयस्रोतका रूपमा रहेका तामाङको उपचारमा थप सहयोगका लागि सबै श्रमिकलाई संगठनले आह्वान समेत गरेको छ । काठमाडौंको अनामनगर रुटमा बा.१ ह. ३९९३ नम्बरको टेम्पो चलाउँदै आएका तामाङलाई गत फागुनमा मुटुमा प्वाल परेको समस्या पहिचान भएको थियो । उनी २०६० सालदेखि अनामनगर रुटमा टेम्पो चालकका रूपमा कार्यरत छन् ।
हेटौंडाका स्थायी बासिन्दा तामाङ काठमाडौंमा भाडामा बस्दै आएका छन् । आफ्नो श्रमबाट श्रीमती, एक छोरी र एक छोराको पालनपोषण तथा शिक्षादीक्षा गर्दै आएका उनी अहिले गम्भीर स्वास्थ्य समस्याका कारण पारिवारिक समस्या थपिएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन काठमाडौं टेम्पो कमिटीमार्फत सहयोग जुटाइएको हो । तामाङको उपचार तथा पारिवारिक अवस्थालाई ध्यानमा राख्दै संगठनले निरन्तर सहयोग गर्दै आएको काठमाडौं टेम्पो कमिटीका कोषाध्यक्ष धर्मराज सापकोटाले बताए । उनको उपचारमा सहयोग गर्न संगठनमार्फत सम्पूर्ण श्रमिकहरुलाई आह्वान गर्छौ सापकोटाले भने ।
अस्पताल पुगेको टोलीले तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा आवश्यक सहयोगका विषयमा समेत छलफल गरेको छ । श्रमिकलाई बचाउन संगठनको तर्फबाट कुनै कसुर बाँकी नराखीने संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताए । अस्पतालमा तामाङलाई भेट्न संगठनका केन्द्रीय उपाध्यक्ष घिमिरेसहित केन्द्रीय सदस्यहरू कृष्णमाया ब्लोन, कमल सापकोटा, बागमती प्रदेश अध्यक्ष वेदप्रसाद घिमिरे, उपसचिव नारायण श्रेष्ठ (काइँला) तथा सदस्यहरू विकास लामा र तीर्थमाया लामा लगायत पुगेका थिए।
संगठनले श्रमिक तथा उनीहरूका परिवार स्वास्थ्य संकटमा पर्दा उपचार तथा राहतमा सहयोग गर्दै आएको जनाएको छ । श्रमिकको स्वास्थ्य, सामाजिक सुरक्षा र आपतकालीन अवस्थामा संगठनको साथलाई थप व्यवस्थित गर्दै लैजाने संगठनका अध्यष भीमज्वाला राईको भनाइ रहेको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले