समाज

बुबाआमाको स्मृतिमा लोकलक्ष्मी प्रतिष्ठानले दियो ४ लाख ३० हजार


धरान: धरानको लोकलक्ष्मी स्मृति प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ।
प्रतिष्ठानका तर्फबाट रञ्जित श्रेष्ठसहित परिवारले बिहीबार राहत रकम जम्मा गरी त्यसको रसिद इलाका प्रशासन कार्यालय धरानका प्रमुख फणिन्द्र दाहाललाई हस्तान्तरण गरेका हुन्।
श्रेष्ठ परिवारले अजाअजीको नाममा खोलेको लोकलक्ष्मी स्मृति प्रतिष्ठानमार्फत आफ्ना स्वर्गीय माता विमला श्रेष्ठ र पिता इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा उक्त रकम सहयोग गरेका हुन्।
विपदमा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको श्रेष्ठले बताए।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले