धरान: बालाहाङ सुनाहाङ किरात राई उत्थान समाजको ९ औ वार्षिक साधारण सभा तथा अग्रज सम्मान कार्यक्रम शुक्रवार धरानमा सम्पन्न भएको छ ।
भोजपुर जिल्ला प्रशासनमा दर्ता भएको सो संस्था हतुवागढी गाउपालिकामा कार्यालय रहेको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरीएको थियो । सम्मानित हुनेहरुमा भानु वालिङ राई इटहरी–१९, केशव कुमार वालाहाङ राई इटहरी–२०, राज वान्तवा वालाहाङ राई संघीय माननीय माया राई, सूर्य वालिङ राई उमेश वालाहाङ राई रहेकाछन् ।
सामाजिक संस्थामा वान्तवा हतुवालीलाक्छाम संरक्षण समिति धरान ११ र १७ लाई सम्मान गरीएको थियो ।
बालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा संचालित एम्वुलेन्स चालक मदन दर्जीलाई पनि सम्मान गरीएको थियो ।
त्यसैगरी परीवारकै जेष्ठ सदस्यद्धय वराक्षेत्र ९ निवासी ८७ वर्षीय केशरमान वालाहाङ राई र ८३ वर्षीय वैनीमाया राईलाई जेष्ठ नागरीक सम्मान गरीएको थियो ।सम्मानीत सवैलाई प्रमुख अतिथि संघीय माननीय माया राईले सम्मान पत्रले सम्मान गरेकी थिइन ।
बालाहाङ सुनाहाङ किरात राई उत्थान समाजले एम्वुलेन्स सेवा समेत संचालन गदै आएको छ ।
समाजका अध्यक्ष बलराम राईको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव कृपाल सिंह राईले संचालन गरेका थिए ।