समाज

कोशी प्रदेशको सार्वजनिक सडकमा गुड्ने सवारी साधनलाई टाईमकार्ड लागु

धरान: कोशी प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि कोशी प्रदेशका तीन जिल्लामा शनिबारबाट सार्वजनिक सडकमा गुड्ने सवारी साधनका लागि टाइमकार्ड लागू गरिएको छ ।

कोशी प्रदेशमा तीव्र गतिमा गुड्ने सवारी साधनको गति कम गर्नका निम्ति टाइम कार्ड लागू गरिएको हो । मोरङको सुन्दरहरैचा–७ स्थित गछिया चौकमा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी चन्द्रकुवेर खापुङले टाइम कार्डको सुरुवात गरे । पहिलो चरणमा पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि कोशी ब्यारेज र कोशी राजमार्गको विराटनगरदेखि धरानसम्मको रुटमा चल्ने यात्रुवाहक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरीमा टाइमकार्ड लागू गरिएको हो ।

काँकडभिट्टा गईरहेको मे १ ख ३२५४ का बस चालक टुडुलाई जिम्मेवार चालक हुनुपर्ने निर्देशन दिदैं डिआइजी खापुङले कार्ड प्रदान गरेका छन् ।

सडक दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी,  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको सहकार्यमा प्रदेशका सडकमा गुड्ने सवारी साधनमा टायम कार्ड लागु गरिएको हो ।

तीव्र गतिमा गाडी कुदाउने होडबाजीबाट सडक दुर्घटना बढेकोले न्यूनीकरणका लागि प्रदेशको पूर्व पश्चिम राजमार्गको १५ ठाउँमा टायम कार्डमा लेखिएको समय चेक गरिने छ । गाडी छुटेको ठाउँबाट तोकिएको समयमा चेक गर्ने ठाउँमा पुग्नु पर्ने टाइम कार्डको नियम छ ।

प्रमुख अतिथि डिआइजी खापुङले सडक दुर्घटनाको जोखिम उच्च रहेकाले यसलाई न्यूनीकरण गर्न सबै क्षेत्रको भूमिका हुनुपर्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशीका अध्यक्ष सरोज श्रेष्ठले टायम कार्ड सुरु भएपछि सवारी साधनहरूको ओभरटेक गर्ने प्रवृत्ति अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । त्यस्ले सडक दुर्घटना न्यूनीकरण गर्न सघाउ पुग्ने उनले बताए ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले सडक दुर्घटनामा दैनिक ८ जनाको मृत्यु हुने गरेको बताए । नेपालका सडकहरू असुरक्षित रहेको उनको भनाई छ । टाइम कार्ड ट्राफिक प्रहरीले सुरु गरे पनि यातायात व्यवसायी र मजदुरहरूको हितमा रहेको उनले बताए ।

कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार टाइम कार्डको चेक प्वाइन्ट धरानको तीनकुने, काँकडभिट्टा, विराटनगर बसपार्क, बिर्तामोड, तारा बारी, केर्खा, बेलबारी, गछिया, इटहरी कलङ्की चोक, पकली, कोशीकटान र भन्टाबारी रहेका छन् ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले