शिक्षा

विपी प्रतिष्ठान धरानमा विद्मार्थी संख्या बढाउने र विदेशी विद्मार्थी पढाउने- प्रधानमन्त्री ओली

धरान: प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्मार्थीको कोटा संख्या बढाउने र विदेशी विद्मार्थीलाई पढाउने बताउनु भएको छ। दीक्षान्त समारोहको अवसरमा बोल्नुहुदै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताउनुभएको छ । नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको तेह्रौं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले इमानदार र लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकाले उत्पादित नयाँ चिकित्सकहरुलाई सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ्य विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ्य संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेकोे स्पष्ट गर्नुभयो
तेह्रौं दीक्षान्त समारोहमा आज ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन्।

प्रतिष्ठानका सन् २०१० देखि सन् २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र सन् २०१२ देखि सन् २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरुलाई कुलपति ओलीले आज दीक्षित गर्नुभएको हो ।
सोही अवसरमा प्रतिष्ठानले प्रदान गदैं आएको मेडल र प्रमाणपत्रहरु पनि वितरण गरिएको छ । एविविएसमा उत्कृष्ट मार्क ल्याउने नारायण गोपाल गोल्ड मेडल, डा.अवाद नारायण स्मृति पुरस्कार र विडिएसमा उत्कृष्ट अंक ल्याउनेलाई श्रीहरीमान उमादेखि गोल्डमेडल प्रदान गरिएको छ ।

कार्यक्रममा भारतका शिक्षाविद् प्राडा ज्योतिर्मोय पलँ विषेश अतिथि रहनुभएको उक्त कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी रहनु भएको थियो ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई