धरान: इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ ।
नगरवासीको सुविधालाई दृष्टिगत गरी सुरु गरेको नगर बसमा अपाङ्गता भएका व्यक्तिहरू पनि सहजरूपमा यात्रा गर्नसक्ने छन् । नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई रु २० तोकिएको छ ।
इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ् भएको हो ।
गत साउन २२ गते ६ करोड ३६ लाख ८६ हजारमा उपमहानगरपालिकाले विद्मुतीय बस खरिद गरेको हो ।
भिडियो पनि हेर्नुस: