राजनिती

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार (आज) विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनलाई हालसम्म दुवै दलका सांसदले विश्वासको मत दिने देखिएको छ । कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ जुन कार्कीको पक्षमा सहजै पुग्ने देखिन्छ ।

उता आइतबारको कार्य व्यवस्था समितिको बैठकमा नेपाली काँग्रेसले विश्वासको मत लिन हतार नगर्न आग्रह गर्‍यो । दलहरूबिच कुरा नमिल्दा संसद्को कार्यसूची तयगर्न बसेको बैठक विना निष्कर्ष सकिएको हो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङका अनुसार अदालतमा विचाराधीन भएको मुद्दा भएकाले केही दिन पर सार्न आग्रह गरिएको हो । बिहान ८ बजे काँग्रेस संसदीय दलको बैठक बसेर आधिकारिक धारणा बनाउने उनको भनाइ छ ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३