समाज

‘मानसिक स्वास्थ्यलाई प्राथमिकता दिऔँ’ भन्दै धरानमा साइकल र्‍याली


धरान: विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक स्वास्थ्यप्रति जनचेतना फैलाउँदै धरानमा साइकल र्‍याली आयोजना गरिएको छ।
बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सुरु भएको र्‍याली गणेशमान चोक, छाताचोक हुँदै भानुचोक पुगेर समापन भएको हो।
र्‍यालीमार्फत आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने सन्देश दिइएको थियो।
कार्यक्रममा प्रतिष्ठानको मानसिक रोग विभाग प्रमुख डा. मधु बस्नेतले विश्व स्वास्थ्य संगठनको सन् २०२१ को तथ्यांकअनुसार विश्वभर हरेक वर्ष करिब ७ लाख २७ हजार जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको बताए।
उनका अनुसार नेपालमा पनि हरेक वर्ष करिब ७ हजार जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्, अर्थात् दैनिक औसत २० जनाको मृत्यु हुने गरेको छ।
डाक्टर बस्नेतले आत्महत्या र मानसिक स्वास्थ्यबीच गहिरो सम्बन्ध रहेकाले जोखिममा रहेका व्यक्तिको समयमै पहिचान, मनोसामाजिक सहयोग र उपचारमा पहुँच बढाउन आवश्यक रहेको बताए।
मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै आत्महत्यासम्बन्धी कलङ्क घटाउन सके आत्महत्याका घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले