समाज

सुनसरी क्षेत्र नम्बर १ कांग्रेसद्वारा भोटेकोशी बाढी पिडितको लागि ५ लाख सहयोग


धरानः नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले भोटेकोशी बाढी पिडितहरुको राहत तथा उद्धारका लागि ५ लाख सहयोग रकम पठाएको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा आयोजना गरिएको राहत रकम हस्तान्तरण तथा दाता सम्मान कार्यक्रममा नेपाली कांग्रेस विपद व्यवस्थापन कोष मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी केन्द्रीय कार्य सम्पादन समिति सदस्य राजीव कोइराला र जिल्ला सभापति केदार भण्डारीलाई ५ लाख बराबरको चेक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा उपस्थित दाताहरुलाई केन्द्रीय सदस्य राजीव कोइराला, पूर्व केन्द्रीय सदस्य मीना सुब्बा, कोशी प्रदेश महामन्त्री उमेश थापा, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, कोशी प्रदेश सदस्य किशोर राई, जिल्ला सचिव माधव घिसिङ, संसदीय दल धरानका नेता नरेन्द्रकुमार राई(प्रविन) लगायतद्धारा खदा लगाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्य कोइरालाले भोटेकोशी बाढी नभएर महाप्रलय र महाविपत्ती भएको भन्दै यसवाट पिडित बनेका जनताको राहत र उद्धारका लागि सोचेको भन्दा धेरै रकम संकलन गरी बुझाएकोमा दाताहरुलाई धन्यवाद व्यक्त गर्दै क्षेत्रीय समितिको प्रशंसा समेत गरे । उनले मन्तव्यको क्रममा नेपाली कांग्रेसको महाधिवेशन घोषित मितिमै हुने समेत बताए ।


कार्यक्रममा जिल्ला सभापति तथा इनरुवा नगर प्रमुख केदार भण्डारीले सुनसरीका हरेक क्षेत्रवाट एक एक लाख सहयोग संकलन गरी पठाउन भनिएको भएतापनि क्षेत्र नं. १ ले ५ लाख संकलन गरी सहयोग गरेकोमा धेरै खुशी लागेको बताउंदै प्रशंसनीय कार्य गरेको बताए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङले धनका धनी नभई मनका धनी भएका पार्टीका नेता साथीहरुले प्रभावित क्षेत्रका दयनीय र दर्दनाक अवस्था भोगीरहेका पिडित जनताको मनमा केही मलम लाउन सकौं र मानवताका आधारमा मानवीय सेवा गरौं भन्ने भावनाले सहयोग गरेको भन्दै सहयोगी सबैलाई धन्यवाद एवम् आभार व्यक्त गरेका थिए ।


छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले