बुढासुब्बा गोल्डकप: २४ औँ संस्करणको आय व्यय विवरण सार्वजनिक
धरानमा सम्पन्न २४ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आम्दानी खर्चको हिसाब आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको आयव्यय अनुसार गोल्डकपलाई भुक्तानी हुन बाँकी कोशी प्रदेश खेलकुद विकास बोर्ड र राष्ट्रिय खेलकुद परिषद्को सहयोग रकम बाहेक प्रतियोगिता १७ लाख, २८ हजार, ६०० रुपैयाँ नाफामा देखिएको छ । […]