महिला/बालबालिका

६१ औँ बालदिवस: ६१ जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण, पत्रकारलाई सम्मान

धरान: बाल संजाल धरान ११ ले ६१ औँ बालदिवसको अवसरमा आज मंगलबार धरान ११ मा रहेको ज्ञानोदय माध्यमिक बिद्यालयको सभा हलमा एक कार्यक्रम आयोजना गरेर बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण र बाल हिंसा बिरुद्व कलम चलाउने पत्रकारहरुलाई सम्मान गरेको छ। प्रत्येक बर्ष भदौ २९ गते मनाउदै आएको बाल दिवस यस बर्ष जेन-जीको आन्दोलनका कारण केही पछि […]

धरान विशेष

धरानमा बजार अनुगमन: व्यवसाय दर्ता नभएको र प्याकिङ गरेको सामानको तौल कम भएको पाईयो

धरान: दशै मुखमा धरान उपमहानगरपालिकाको बजार अनुगमन महाशाखाले धरानमा सञ्चालनमा रहेको खाद्यन्न पसलहरु आज मंगलबार अनुगमन गरेको छ। मौसमी अनुगमनको आरोप लाग्दै आएका अनुगमनकर्ताहरुले धरान १२ चतरालाईन र धरान १ मा रहेको छाताचौक एरियामा रहेको खाद्यन्न पसलहरुमा अनगुमन गरेको थियो । जेन-जीको आन्दोलनपश्चात थलिएको व्यापार व्यवसायसँगै महंगीको मारमा परेका उपभोक्ताहरुलाई दशै मनाउन धौ धौ परेको […]

मनोरञ्जन समाचार

मिरुना मगर र धिरज मगरको चलचित्र ‘मैझारो’ को टिजर सार्वजनिक

काठमाडौ: यहि कार्तिक ७ गते भाईटिकाको दिनबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’ को टिजर सार्वजनिक भएको छ । झट्ट सुन्दा मैझारो शब्द गाउँघरमा खेतीबाली लगाएर सकिएको दिनलाई बुझिन्छ भने यहाँ चलचित्रमा प्रयोग भएको ‘मैझारो’ ले भने मायाको ‘मैझारो’ अर्थात सम्बन्धमा आएको तिक्तता संगै विछोड या सम्बन्ध सकिएको भनेर देखाईएको छ । सार्वजनिक टिजरमा ‘मैझारो’ का […]

राष्ट्रिय समाचार

जनताको उद्धारमा यातायात मन्त्रीको चमत्कार देखिएन: भीमज्वाला राई

काठमाण्डौं: काममा चमत्कारिक छबि बनाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ४४ घण्टा जनता सडकमा भोकैप्यासै रातदिन बिताइरहँदा पनि उद्धारमा कुनै चमत्कार देखाउन नसकेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनु भएको छ । अध्यक्ष राईले जतना सडकमा बिचल्ली हुँदा मन्त्री घिसिङ भने भारतीय राजदुतसंग भेटघाटमा रमाईरहेको बताउनुभएको छ । मुग्लिङ नारायणगढ […]

धरान विशेष

पार्टी कार्यलय तोडफोड र आगजानी गर्नेहरु बिरुद्व धरानका तीन राजनैतिक दलद्वारा प्रहरीमा उजुरी

धरान: धरानमा जेन-जी आन्दोलनको आवरणमा भदौ २४ गते धरानमा भएको तोडफोड र आगजनीको घटनापछि स्थानीय राजनैतिक दलले घटनामा संलग्न व्यक्तिहरूलाई कडा कारबाहीको माग गरेका छन् । यस्तो विध्वंसकारी गतिविधि नियन्त्रण गर्न प्रहरीलाई आवश्यक परेमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । धरानस्थित नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयहरूमा आगजनी र […]

राष्ट्रिय समाचार

पैदलै हिड्न थाले यात्रु: यात्रु भन्छन् सरकार छ भन्ने अनुभूत छैन

काठमाण्डौं: मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिक खसेको पहिरो ३९ घण्टासम्म पन्छाउन नसकेपछि यात्रुहरु पैदलै सुरक्षित स्थान तर्फ हिँडेका छन् । सरकारले पहिरो पन्छाइदेला र गन्तव्यतर्फ जाँउला भन्ने आसले रातदिन सडकमै अलपत्र परेका यात्रुहरु घण्टौँ हिँडेर सुरक्षित स्थानतर्फ लागेका छन् । असोज ३ गते काठमाण्डौंबाट धनगढी हिँडेका ललित चन्द ३९ घण्टादेखि सडकमै छन् […]

धरान विशेष

धरान उपमहानगरपालिकाले तीन महिनापछि २ अर्ब २० करोडको बजेट ल्यायो

धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ नेतृत्वको नगर कार्यपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नयाँ बजेट शनिबार भएको १७ औं नगरसभामा उपमेयर अइन्द्रविक्रम बेघाले नीति तथा कार्यक्रमसहित सार्वजनिक गरेका गर्नुभएको हो । तीन महिनाको ढिलाइपछि आएको बजेटमा आगामी वर्ष आन्तरिक स्रोतबाट […]

मनोरञ्जन समाचार

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक

काडमाडौ: चलचित्र ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। दशैँको फूलपातीमा रिलिज तयारीमा रहेको यो बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्रको ट्रेलर आज सार्वजनिक भएको हो। दिपेन्द्र के खनाल निर्देशित चलचित्रको ट्रेलरले कमेडी भावलाई प्रस्तुत गर्दै अहिलेको समसमायिक राजनीतिक बिषयलाई पनि समेटेको छ। हरिवंश आचार्य चलचित्रमा हरिबहादुर पात्रमा प्रस्तुत भएका छन्। नेपाली टेलिभिजनको पर्दामा सर्वाधिक […]

शिक्षा

हिबिसकस वोडिङ स्कुलद्वारा खुल्ला हाजिरि जवाफ प्रतियोगिताको आयोजना

धरान: हिविसकस इङलिस वोडिङ स्कुल धरान –१५ ले खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । धरान हुदै जिल्ला स्तरीय अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आएको हिविस्कसले यस पटक भने खुल्ला हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्न लागेको हो । स्कुलले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको आयोजना गर्ने विषयमा जानकारी दिएको हो […]

धरान विशेष

संविधान दिवसका अवसरमा धरानमा सर्वपक्षीय र्‍याली, अराजकता बिरुद्व धराने एक भएको घोषणा

धरान: संविधान दिवसको अवसरमा धरानमा सर्वपक्षीय समन्वय समितिको आयोजनामा आज भव्य र्‍याली तथा कोणसभा सम्पन्न भएको छ । धरान–२ स्थित छाताचोकबाट सुरु भएको र्‍याली ‘संविधानको रक्षा गरौं’ भन्ने नारासहित धरान–२ भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त र्यालीमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, महिला प्रतिनिधि, विद्यार्थी, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता […]