धरान विशेष

धरानको पिण्डेश्वर मन्दिरमा आज सम्म ३ लाख भक्तजनहरुले जल चढाए

धरान उपमहानगरपालिका अ वाड नम्बर १४ मा रहेको पिण्डेश्वर मन्दीरमा साउन १ गते बाट सुरु भएको पिडेश्वर बाबाधाममा बोलबम मेलाको आज अन्तिम सोमबार भक्तजनको अत्याधिक घुइचो लागेको छ । साउन महिनाको आज अन्तिम सोमबार बिहानैदेखि विशेष पूजाआजा भइरहेको छ विशेष गरी साउन महिनाको सोमबारे व्रत बस्नेहरुले आज विधिपुर्वक पुजा गर्दै व्रत समापन गर्ने भक्तजनहरुको घुइँचो […]

धरान विशेष

खानेपानीको पुरानै दर यथावत राख्ने सहमती, आन्दोलन स्थगित

धरान खानेपानी व्यवस्थापन बोर्ड र दश दलीय संयुक्त सङ्घर्ष समिति बिच आज आइतबार भएको बर्तामा दुवै पक्ष पुरानै दर यथावत् राख्नेमा सहमत भएका छन् । नेपाल सरकार खानेपानी महशुल निर्धारण आयोगको स्वीकृति नआए सम्म बोर्डले वृद्धि गरेको शुल्क र महशुल स्थगित गरी पुरानै सेवा शुल्क र महसुलको दर यथावत् राखिएको हो । अबेर साँझ सम्म […]

धरान विशेष

धरान उपमहानगरपालिकाको नगर प्रहरीका असई सुरेश मग्राती प्रहरीद्वारा पक्राउ

धरानः कोशी प्रदेश सरकारको बजेटबाट धरान वडा १३ अमर बस्ती क खहरेमा लगाएको ग्याबिङ जाली भत्काएको घटनामा संलग्न रहेको आरोपमा धरान उपमहानगरपालिका नगर प्रहरीका असई सुरेश मग्रातीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आईतवार बिहान साढे ७ बज जिल्ला प्रहरी कार्यलय सुनसरीको सादा पोसाकका प्रहरिले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीले बताए […]

धरान विशेष

खानेपानी निशुल्क दिने भन्दै मेयर जितेका साम्पाङले महशुल बढाउनु नैतिकताले दिदैन: १० दल

धरान: शनिवार १० राजनैतिक दलद्वारा धरान १५ श्यामचोकमा कोणसभा आयोजना गर्दै खानेपानी महशुल बृद्विको बिरोध गरेका छन। धरान खानेपानी बोर्डले साउन १ गते देखि लागू हुने गरि खानेपानी महशुल बृद्वी गरे पछि ११ गते देखि धरानका १० राजनैतिक दल आन्दोलनमा रहेको छ। धरान १५ श्यामचोकको कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस क्षेत्रीय सभापती सुजेन्द्र गोलेले […]

शिक्षा

नृत्य निर्देशक संघद्वारा उदघोषण कला तालिम

धरान: नृत्य निर्देशक संघ, सुनसरीको आयोजनामा दुई दिने उदघोषण कला तालिम सम्पन्न भएको छ। शुक्रबार संघका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा संघको कोशी प्रदेश उपाध्यक्ष तथा सुनसरी संयोजक ईश्वरी सिग्देलको प्रमुख आतिथ्यमा उक्त तालिम सुरु भई शनिबार समापन भएको हो। सुनसरीका ३४ जना नृत्य निर्देशक तथा नृत्य प्रशिक्षार्थीहरुलाई उदघोषक तथा संचारकर्मी सन्जु राई (सुमित्रा)ले प्रशिक्षण दिएको […]

धरान विशेष

धरानका १० दलद्वारा नगरपालिका घेराउ र धर्ना, विद्मार्थी कुटिए पछि झडप

धरान खानेपानी बोर्डले खानेपानी महसुल बढाए पछि धरानका १० राजनैतिक दल आदोलनरत छ। आज बिहिवार धरान उपमहानगरपालिका घेराउ र धर्ना दिने क्रममा झडप भएको छ। झडपमा २ विद्मार्थी र १ प्रहरी घाइते भएका छन। एक जना विद्यार्थी निर्घात कुटिएका थिए भने अर्का विद्मार्थीको खुट्टामा चोट लागेको र एक प्रहरीको हातको दुई औलामा गम्भीर चोट लागेको […]

अपराध

सुनसरीको कप्तानगंजबाट ५ केजी ६ सय ग्राम गाँजा बरामद

सुनसरी: आज दिउँसो सुनसरीको कप्तानगंजबाट ५ केजि ६ सय ९० ग्राम गाँजा बरामद गरिएको छ । सुनसरी देवानगंज गाउपालिका देवानगंज बस्ने शिव कुमार मेहताको घरमा लुकाई छिपाई राखेको ५ के.जी. ६ सय ९० ग्राम गाँजा राष्ट्रिय अनुसन्धानको बिशेष सुराकीको आधारमा बरामद गरिएको थियो। सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म कप्तानगंजबाट सशस्त्र प्रहरी नायब […]

धरान विशेष

बिल काउन्टर तालाबन्दी: १० दलले खोले, आम धराने युवाहरुले फेरि तालाबन्दी गरे

धरान: आज बिहिबार पुन खानेपानी बिल काउन्टरमा धराने युवाहरुले तालाबन्दी गरिएको छ। धरानका १० दलले खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको महसुल शुल्क खारेज गरी पुरानै दर कायम गर्न माग राखेर सोमबार बिहान धरान-१५, धरान-१६ र धरान-११ स्थित बिल काउन्टरमा तालाबन्दी गरिएको थियो। उच्च अदालत विराटनगरले तालाबन्दी नगर्न र ताला तत्काल खोल्न अल्पकालीन अन्तरिम आदेश दिएपछि […]

अपराध

गत बर्ष सुनसरी बाट ४२ जना लागुऔषध कारोबारी पक्राउ

धरान: सुनसरी स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरले गएको एक वर्षमा लागुऔषध सहित ४२ जनालाई पक्राउ गरेको विबरण सार्बजनिक गरिएको छ । सुनसरीका पहाडी नाका र भारततर्फका नाकामा विशेष निगरानी गरिएकाले लागुऔषध सहित कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्नेक्रम बढेको सशस्त्र प्रहरी बल नम्बर ४ हेडक्वार्टरका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिएका छन। गएको […]

धरान विशेष

धरान ३ सय ६५ दिन आन्दोलन हुने शहर बन्न लागेको भन्दै प्रमुख जिल्ला अधिकारीको चिन्ता

धरानको सुरक्षा र खानेपानीको महशुल बृद्वी घटाउन माग गरेर आन्दोलनरत राजनैतिक दलहरु संग प्रमुख जिल्ला अधिकारीले छलफल गरेका छन। आज बिहान मंगलबार उद्मोग वाणिज्य संघ सुनसरीको हलमा भएको छलफल कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले धरान बढदो तरल अवस्थाको बारेमा चिन्ता व्यक्त गरेका छन। धार्मिक, जातिय सद्वभाव कायम भएको शहर धरानमा केहि तत्वहरुले खलबलाउन […]