
धरान: सुनसरी स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरले गएको एक वर्षमा लागुऔषध सहित ४२ जनालाई पक्राउ गरेको विबरण सार्बजनिक गरिएको छ ।
सुनसरीका पहाडी नाका र भारततर्फका नाकामा विशेष निगरानी गरिएकाले लागुऔषध सहित कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्नेक्रम बढेको सशस्त्र प्रहरी बल नम्बर ४ हेडक्वार्टरका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिएका छन। गएको आर्थिक बर्षमा गाँजा मात्र १ हजार १ सय ३ केजी नियन्त्रणमा लिएको थियो । त्यस्तै ब्राउन सुगर ५७ दशमलव ८३ ग्राम, ट्रामाडोल २३ हजार सात सय एक थान, स्मास्पो प्रोभेक्सिभोन ६ सय ९९ थान, नाइट्राजेपाम १ सय ८२ थान, डाइजिपाम २६ थान, बुप्रेनफिन २७ थान, लुपी टिटी जेसिक ४० थान र डाइकोलिक २ सय थान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त अवधिमा लागुऔषध ओसारपसारमा प्रयोग भएका दुई वटा एम्बुलेन्स, १२ वटा मोटरसाइकल र १ अटो पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिएका छन । भारत सँग खुला सीमा नाका भएका कारण अधिक रुपमा लागुऔषध ओसारपसार हुने गरेको छ । नेपालका पहाडी क्षेत्रबाट भारत तर्फ गाँजा लैजाने क्रम बढेको पाइएको छ । लागुऔषधका कारोबारीले नेपालबाट भारततर्फ गाँजा लैजाने र अन्य लागुऔषध भारतबाट नेपाल तर्फ ल्याउने गरेका सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले भनाई छ ।
सप्तकोशी नदीको जलमार्ग र लागुऔषध ओसारपसार हुने क्षेत्रको रेखाङ्कन ती सबै ठाउँमा सुरक्षा व्यवस्थापन कडाइ गरिएको छ । सबैभन्दा धेरै लागुऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ सप्तकोशी नदीको जलमार्गमा सुरक्षा कडाइ गरिएको सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारीले जानकारी दिएका छन।