धरान विशेष

धरान उपमहानगरपालिकाको नगर प्रहरीका असई सुरेश मग्राती प्रहरीद्वारा पक्राउ

धरानः कोशी प्रदेश सरकारको बजेटबाट धरान वडा १३ अमर बस्ती क खहरेमा लगाएको ग्याबिङ जाली भत्काएको घटनामा संलग्न रहेको आरोपमा धरान उपमहानगरपालिका नगर प्रहरीका असई सुरेश मग्रातीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आईतवार बिहान साढे ७ बज जिल्ला प्रहरी कार्यलय सुनसरीको सादा पोसाकका प्रहरिले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीले बताए । असई मग्रातिलाई पक्राउ गरी ईनरुवा चलान गरिएको प्रवक्ता भण्डारीले बताए ।

नगर प्रमुख हर्क साम्पाङको निर्देशनमा नगर प्रहरीका असई सुरेश मग्रातीको कमाण्डमा नगर प्रहरीको टोलीले धरान १३ अमरबतीको ग्याबिन जाली भत्काएका थिए ।

मग्रतिलाई सादा पोशाकमा खटिएको प्रहरीले शुक्रबार नै पक्राउ गर्न उपमहानगरपालिका कार्यालय परिसरमा पुगेको थियो । प्रमुख साम्पाङले आफै आइतवार असई मग्रातिलाई लिएर जिल्ला प्रहरी कार्यालय इनरुवामा बुझाउने शर्तमा छोडिएको थियो ।

सार्वजनिक सम्पत्ति ग्याबिङ भत्काएकोमा बुधबार साँझ धरान १३ का ४३ वर्षीया भारती राई, ३५ वर्षीया राज कुमार राई र ३० वर्षीया पारु राईलाई पक्राउ परेका थिए । पक्राउ पर्ने ३ नै जनालाई आपराधिक उपद्रव मुद्दा चलाईएको प्रवक्ता भण्डारीले बताए ।

प्रदेश सरकारको बजेटमा निर्माण गरिएको ग्याबिङ जाली तोडफोड भएपछि उपभोक्ता समितिले वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा घटनाको छानबिन गरि कारबाहीको माग गर्दै निवेदन दिएका थिए । वडा कार्यालयले पनि उक्त घटनाको छानबिन गरेर कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थियो ।

उपभोक्ता समितिमार्फत प्रदेश सरकारको २० लाख बजेटबाट खहरे खोलाको पुर्वतर्फ ग्याबिङ जाली लगाइएको थियो । तर, हाल पक्राउ परेका स्थानीय भारती राईले खहरेको बीचमा लगाएको भन्दै मेयर हर्क साम्पाङलाई मौखिक उजुरी गरेपछि मेयर साम्पाङले डोजर लगेर भत्काइदिन नगर प्रहरीलाई निर्देशन दिएका थिए ।

नगर प्रहरी डोजर लिएर वडा १३ पुग्दा वडाअध्यक्ष नेत्र काफ्ले र स्थानीयले विरोध जनाएपछि नगर प्रहरी फर्किएको थियो । केही दिनपछि भने नगर प्रमुख साम्पाङले साँझको बेला नगर प्रहरी पठाएर उक्त ग्याबिङ जाली भत्काइदिएका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।