धरान विशेष

धरान ३ सय ६५ दिन आन्दोलन हुने शहर बन्न लागेको भन्दै प्रमुख जिल्ला अधिकारीको चिन्ता

धरानको सुरक्षा र खानेपानीको महशुल बृद्वी घटाउन माग गरेर आन्दोलनरत राजनैतिक दलहरु संग प्रमुख जिल्ला अधिकारीले छलफल गरेका छन।

आज बिहान मंगलबार उद्मोग वाणिज्य संघ सुनसरीको हलमा भएको छलफल कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले धरान बढदो तरल अवस्थाको बारेमा चिन्ता व्यक्त गरेका छन। धार्मिक, जातिय सद्वभाव कायम भएको शहर धरानमा केहि तत्वहरुले खलबलाउन लगेको जस्तो देखिन थालेको र बुढा सुब्बा गोल्डकप फेसनको शहर भनेर चिनिने धरान आज ३ सय ६५ दिन नै आन्दोलन हुने शहर हुन लागेको बताए।

जिल्ला प्रशासन सुनसरीले सार्बजनिक सुनाई आयोजना गरेको त्यहाँ प्रश्न सोधिएको विषयलाई लिएर असहजता भएको औलाउदै लोकतन्त्रमा प्रश्न सोध्न पाउने अधिकार संबिधानले सुरक्षित गरेको उल्लेख गरे।

सामाजिक संजालको दुरुपयोग बढेको छ, नेपाल प्रहरी यसको नियन्त्रणमा लागि परेको छ। तपाईं जो कोहिको चरित्र हत्या भएको छ प्रहरीमा उजुरी दिनुस समय लाग्न सक्छ कार्वाही हुने र गरि छाड्ने बताए।

संजालबाट नेता, प्रहरी, प्रशासक सबैलाई गाली गरिन्छ गाली गर्दै जाँदा यहाँका ढुङ्गा, माटो, पानीलाई पनि गाली गर्ने अवस्था निर्माण भएको हुदा यस्तो अवस्था आउन नदिन सबैलाई आव्हन गरे।

सामाजिक संजालबाट राम्रो बिषयको प्रचार भन्दा पनि नकरात्मक बिषयको प्रोत्सान गर्न तत्पर छौ यो दुखद बिषय हो।

राजनिती दल पनि राज्यको सबैधानिक अंग हो। धरानको विषयमा महत्व पुर्ण भुमिका बिगतमा खेल्नु भएको छ अहिलेको विषयमा पनि सम्याम भएर अगाडि बढन आग्रह गरे।

नगर प्रमुखले खानेपानीको मूल्य बृद्वी गर्दा बोर्डको मिटिङ राजनैतिक दल संग छलफल गरेर सबै पक्षलाई समेटेर वैज्ञानिक ढंगबाट खानेपानीको महशुल निर्धारण गरेर अगाडी बढनु भएको भए आजको परिस्थीती नआउने धारण राखे।

राजनितीदललाई ताला खोल्न आग्रह गर्दै खानेपानी तथा सरसफाई सेवा महशुल निर्धारण आयोगले धरान खानेपानी बोर्डलाई पत्र पठाई सकेकोले मेयर साब र कार्यकारी निर्देशकले पालन गर्ने कुरामा दुईमत नभएकोले ताला खोल्न सुझाव दिए।

उद्मोग वाणिज्य संघको समायोजनमा छलफल कार्यक्रम भएको थियो। उक्त कर्यक्रममा आन्दोलनरत १० दलको प्रतिनिधीहरुले जनताको ढाड सेक्ने गरि भएको खानेपानी महशुल बृद्वी असंबैधानिक भएको र मेयर हर्क साम्पाङको कारण सामजिक सद्वभाव खलबलिएको आरोप लगाए। कार्यक्रममा सुनसरी प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख र सांसदहरुको उपस्थीती रहेको थियो।

भिडियो

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।