धरानका मेयर हर्क राज राई हङकङ भ्रमणमा जादै
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) आगामी मे महिनाको पहिलो साता हङकङ भ्रमणमा जाने भएका छन् । धरान हङकङ मञ्चको निमन्त्रणामा मेयर साम्पाङ मे पहिलो साता हङकङ भ्रमणमा जान लागेका हुन् । मञ्च र एस अफ स्पेड्स इन्टरटेनमेन्ट संस्थाले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ प्रमुख अतिथि रहने कार्यक्रमबारे जानकारी दिएको हो । […]









