
धरान: धरानको फुटबलको इतिहास बोकेको गोधुली रनिङ फुटबल प्रतियोगिताको २५ औ संस्करण चैत ७ गते भोलीबाट सञ्चालन हुदैछ । उद्वाटन खेलको अवसरमा पुर्ण राई दाजुभाईको सांगितिक प्रस्तुती पनि रहेने छ।
धरानको खेल प्रेमीहरुलाई मध्यनजर गरी रात्रीकालीन समयमा प्रतियोगिता आयोजना गर्न लागेका आयोजक गोधुली फुटबल क्लबले आज बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
मोफसलमै धरानबाट वडास्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको क्लबले समयको माग र दर्शको रुची अननुसार रात्रीकालीन प्रतियागिताकोआयोजना गर्न लागेको क्लबले जनाएको हो । प्रतियोगिता बिहीबार सांझ ७ बजेदेखि सुरु हुने क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार धरानमा रहेका २० वडामध्ये १८ वटा वडाले प्रतियोगितामा भाग लिनेभएका छन् । चैत्र २१ गतेसम्म चल्ने सो प्रतियोगितमा धरान २ र ७ ले भाग नलिने जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताको उदघाटन खेल वडा नम्बर ५ र वडा नम्बर १६ बीच हुनेछ ।
धरानमै पहिलोपटक हुन लागेको रात्रिकालीन गोल्डकपका लागि अस्थायी फ्रल्ड लाइटको व्यवस्था गरिएका उपाध्यक्ष केसीले जानकारी दिनुभयो। प्रतियोगिताको विजेताले रनिङ कपसहित नगद १ लाख ५० हजार रुपैयाा प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाा पाउनेछन् ।
व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वाधिक गोलकर्ता (हाई स्कोरर) लाई ७ हजार ५ सय, उत्कृष्ट डिफेन्डर, उदयमान खेलाडी, म्यान अफ दि म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट कोच, तथा उत्कृष्ट मिडफिल्डलाई जनही ५ हजार ५ सय रुपैयाा प्रदान गरिनेछ ।
धरान वडा नम्बर १८ का अध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) ले विजेता र उपविजेताका लागि २५/२५ हजार रुपैयाँ दिने घोषणा समेत गर्नुभएको छ । प्रतियोगिता सम्पन्न गर्न २४ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।