राजनिती

पिण्डेश्वर विद्यापीठमा सर्वसहमत ढंगबाट स्ववियुको नेतृत्व चयन


धरान: भोलि देशभरका आंगिक क्याम्पसहरुमा विद्यार्थीहरुले नयाँ नेतृत्व चयन गर्दैछन् अर्थात देशभरका आंगिक क्याम्पसहरुमा चुनाव हुदैछ । धरानमा रहेका आंगिक क्याम्पसहरु महेन्द्र वहुमुखी क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पसमा चुनावी सरगर्मी बढिरहेको छ । धरानका तीन वटा क्याम्पसका चुनावी सरगर्मी बढिरहेका बेला धरान १४ मा रहेको पिण्डेश्वर विद्या पीठमा भने निर्वाचनकै अघिल्लो दिन आज सर्वसम्मत ढंगबाल नेतृत्व चयन भएको छ ।
निर्वाचन समितिका संयोजक कृष्ण गोपाल अधिकारीका अनुसार अधिकांश पदाधिकारी नेपाली काँग्रेस आवद्ध नेपाल विद्यार्थी संघ र नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट नयाँ नेतृत्व चयन भएका छन् ।
उनका अनुसार ११ सदस्यीय समितिको अध्यक्षमा अनेरास्ववियुका तर्फबाट सुधाकर पोखे्रल चयन भएका छन् । यसैगरि सचिवमा नेविसंघका प्रवेश पौडेल, कोषाध्यक्षमा अनेरास्ववियुका विवेक गुरागाई सर्वसम्मत चयन भएका हुन् । यस्तै सदस्यहरमा नेविसंघबाट छविन्द्र भट्टराई र विजय निरौला चयन भएका छन् भने राष्ट्रिय प्रजान्त्र विद्यार्थी संगठनका तर्फबाट दिगन्धप्रसाद घिमिरे र आशिष नेपाल चयन भएका छन् ।
यसैगरी समानुपातिक तर्फबाट अनेरास्ववियुबाट अर्जुन निरौला, नेविसंघबाट गोविन्द अधिकारी, अरुण नेपाल र राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनबाट गोपाल गुरागाई सर्वसम्मत चयन भएका छन् ।
भोलि हुने निर्वाचनमा महेन्द्र वहुमुखी क्याम्पसमा र केन्द्रीय प्रविधि क्याम्पसका सत्ता गठबन्धनका विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियु गठबन्धन गरेर निर्वाचनमा होमिएका छन् भने माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु लगायतका अन्य विद्यार्थी संगठन छुट्टाछुट्टै ढंगबाट चुनाव लड्दै छन् । यसैगरि पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा भने कुनै विद्यार्थी संगठनले गठबन्धन नगरी निर्वाचमा जादैछन् । अन्य आंगिक क्याम्पसमा चुनावी सरगर्मी बढे पनि पिण्डेश्वर विद्या पिठमा भने चुनावकै अघिल्लो दिन सर्वसम्मत ढंगबाट नेतृत्व चयन गरी लोकतान्त्रिक चरित्र प्रदर्शन गरेको छ ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद