शिक्षा

पब्लिक हाईस्कुलको ७८औँ वार्षिक उत्सव तथा अभिभावक दिवश कार्यक्रममा सम्पन्न

धरान उपमहानगरपालिका–१२ मा रहेको पब्लिक हाईस्कुलको ७८औँ वार्षिक उत्सव तथा अभिभावक दिवश कार्यक्रममा सम्पन्न भएको छ।

बार्षिक उत्सवमा कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नमूना माध्यमिक विद्यालयको रूपमा स्थापित सामुदायिक पब्लिक हाईस्कुल हरेक क्षेत्रहरूमा अग्रणी स्थानमा रहेको बताउनुभएको छ । उहाँले पब्लिक हाईस्कुलले गरेको भौतिक सुधार र विविध क्षेत्रमा गरेका काम प्रसंशनीय रहेको उल्लेख गर्नुभयो ।

आगामी वर्षदेखि प्रदेश सरकारको तर्फबाट बजेट बिनियोजन गरेर शैक्षिकक्षेत्रमा विकास गर्ने उहाँको भनाइ छ । हिमाली र पहाडी जिल्लामा विद्यालयको जिर्ण भएको भवनदेखि छात्रछात्राहरुका लागि आवासको पनि सुविधा दिन भवन निर्माण गर्ने उद्देश्य रहेको बताउनुभयो ।

पब्लिक हाइस्कुलले स्थापनाकालदेखि समाज रुपान्तरण र शैक्षिक जागरणमा महत्वपूर्ण भूमिका खेलेको छ, यसरी अन्य सरकारी विद्यालयले पनि सिक्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नू भयो आजको समयमा प्राइभेट स्कुललाई टक्कर दिनसक्ने कोशी प्रदेशको पुरानो र स्थापित विद्यालय मध्येको एक रहेको छ।

बिद्यालयको बार्षिक उत्सवको अवसरमा बिद्यार्थीहरुले आफैले बनाएको विज्ञान तथा हाते सामग्रीहरु र अन्य शैक्षिक सामग्रीको ३३ वटा स्टलहरु राखी प्रदर्शन गरिएको थियो । सो स्टलहरुमा मुख्यमन्त्री कार्कीले अवलोकन गर्दै हौसला प्रदान गर्नु भएको थियो ।

यस स्कुलमा प्राइमरीदेखि १२ कक्षासम्म पढाइ हुने जसमा ३४ सय विद्यार्थी रहेको पब्लिक स्कुलका प्रधानाध्यापक डा. ईन्द्रमोहन झाले बताउनुभयो । बि.स. २००३ सालमा जहानियाँ राणा शासनका बेला शिक्षाको ज्योति छर्न धरानका स्थानीय शिक्षाप्रेमी व्यक्तित्वको पहलमा विद्यालय स्थापना गरिएको प्रधानाध्यापक झाले बताउनुभयो ।

यस स्कुलमा प्राईमरी देखिनै अग्रेजी मिडियममा पनि पढाइ हुँदै आएको छ। उक्त कार्यक्रममा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, विजय राई, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किराती, पूर्व उपप्रमुख मन्जु भण्डारी पब्लिक स्कुलका शिक्षक शिक्षिकालगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई