राजनिती

इटहरीमा एमालेको जनप्रतिनिधीको कारण उपभोक्ताले करौडौ भुक्तानी नपाएको मेयर पौडेलको आरोप

इटहरी: इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले एमाले जनप्रनिधीहरुको कारण उपभोक्ताहरुको रकम भुक्तानी दिन नसकेको आरोप लगाएका छन । आज राखेको कार्यपालिका बैठक बहिष्कार गरे पछि मेयर पौडेलले यस्तो आरोप लगाएका हुन ।

पाँच महिना देखि बारम्बार कार्यपालिका बैठक बस्न आग्रह गर्दा पनि एमालेका जनप्रतिनिधीहरुले बस्न नमान्दा उपभोक्ताहरुको करोडौ रुपैया भुक्तानी हुन नसकेको मेयर पौडेलको भनाई छ । कार्यपालिका बैठक बसेर मात्र उपभोक्ताहरुले भुक्तानी पाउछन तर त्यहि कार्यपालिकामा बारम्बार एजेण्डा फर्काउनु परेको गुनासो गरे ।

गत असार १० गते भित्र नगरसभा गरेर बजेट सार्वजनिक गर्नु पर्ने कानुनी बाध्यतामा पनि एमाले जनप्रतिनिधीहरुले असहयोग गरेको भन्दै इटहरीलाई बन्धक बनाउन खोजेको मेयर पौडेलको भनाई छ । नगरपालिका सँग पैसा नभएर भुक्तानी नदिएको भन्दै हल्ला फैल्याएको भन्दै नगरपालिका सँग पैसा भएर पनि कार्यपालिका नबस्दा भुक्तानी दिन नसकेको मेयर पौडेलको भनाई छ ।

आज दिउसो ३ बजेलाई तोकिएको कार्यपालिका बैठकमा एमालेले बहिष्कार गरे पनि काँग्रेसका ५ जना वडा अध्यक्षको उपस्थितिमा मेयर पौडेलले एमालेको असहयोग गरेको बताएका हुन ।

इटहरी उपमहानगरपालिकाका प्रबक्ता तथा इटहरी ६ का वडा अध्यक्ष दिवश पोखरेलले बारम्बार एमाले प्रतिनिधीका अबरोधका कारण उपभोक्त्ताले भुत्तानी नपाएको गुनासो गरे । उपभोक्ताहरुले वडा घेर्ने अवस्था भएको भन्दै उपभोक्ताहरुलाई भुक्त्तानी दिन लाग्नु पर्ने बताए । इटहरी २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले उपभोक्ताहरुले भुक्तानी नपाउदा समस्या भइरहेको भन्दै सबै एक जुट भएर भुक्तानी दिन सहमती जनाउनु पर्ने बताए ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद