
धरान: नेपाल पत्रकार महासङ्घ सुनसरीको शाखामा आज सोमबार ११ बजे देखि १ बजे सम्म नेपाल प्रेस युनियनका पदाधिकारी, पत्रकारहरू धर्नामा बसेका छन् ।
पत्रकार महासङ्घको सदस्यताको विषयमा चलिरहेको विवादका करण महासङ्घको तिनै तहको चुनाव सर्दै आएको छ । सोही विवाद समाधान गरी तत्काल निर्वाचन गराउन माग गर्दै प्रेस युनियनले सबै जिल्लामा महासङ्घमा तालाबन्दी गरी धर्ना बसेको हो ।
युनियनले सदस्यताको विषयमा महासङ्घ जिल्लाको अधिकार स्थापित गर्न माग गरेको छ । महासङ्घको गरिमा कायम गर्न, विधान अनुसार सदस्यता सुद्धिकरण गर्न, शुद्धीकरणको नाममा गरिएको मनपरी अन्त्य गर्न र विधान विपरीतको गतिविधि बन्द गर्न माग गरेको छ ।
धरान अमरहाट स्थित कार्यालयमा भएको धर्ना कार्यक्रममा बोल्दै प्रेस युनियन कोशी प्रदेसका महासचिव संजीव वाग्लेले भने पत्रकार महासंघ केन्द्रले आफ्नै मुद्वालाई लताएर अगाडि बढेको छ, कृयशिल पत्रकारहरु पत्रकारिता क्षेत्रमा अनवरत लागि रहेकाहरुको सद्स्यता हटाउने कार्य आफैले जिल्ला शाखालाई दिएको म्याडेट आफैले लताउने कार्य बिरुद्वको आन्दोलन भएको बताए।
सो कार्यक्रममा बोल्दै प्रेस युनियन सुनसरी शाखाका सचिव बाबुराम कार्कीले भने पत्रकार महासंघ जिल्ला शाखाहरुले सिफारिस गरेर पठाएको सदस्यहरुको नाम केन्द्रले हटाए पछि आन्दोलित हुन बाध्य भएको बताए।
सचिव कार्कीले आज बेलुका सम्म केन्द्रको सर्लकुलर अनुसार भोली देखिको आन्दोलन बारे जानकारी दिने बताए।
