खेलकुद

धरान खेलकुद मञ्चद्वारा नगद राशी सहित स्पोर्टस् अवार्ड प्रदान

धरान खेलकुद मञ्चले शुक्रबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षक करातेको कोच किरण लामालाई उत्कृष्ट प्रशिक्षक एवार्ड २०८० बाट सम्मान गरिएको हो ।

मञ्चद्वारा आयोजित समारोहमा धरान स्पोर्टस् लाइफ टाइम एचिभमेन्ट अवार्डबाट २ जना र खेलकुद विधामा योगदान पुर्‍याएका ४ जनालाई सम्मान प्रदान गरेको हो ।

उहाँहरुलाई जनही नगद रकम २५ हजार र अवार्ड प्रदान गरिएको हो । यसैगरी, मोष्ट पपुलर राइजिङ प्लेयरको अवार्ड फुटबल खेलाडी सुमन सेतेङ्बा लिम्बुलाई प्रदान गरेको छ । उहाँलाई नगद रकम ११ हजार र अवार्ड गरिएको छ ।

यसैगरी लाइफ टाइम एचिभमेन्ट अवार्डबाट राजुमान श्रेष्ठ र गीता थापा मगरलाई सम्मानित गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको निमन्त्रणा दिएको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अनुपस्थित भएकोले प्याराग्लाइडिङ सङ्घका अध्यक्ष भूपाल चाम्लिङ राई बाट प्रदान गरिएको थियो ।

धरान किचनमा भएको कार्यक्रममा खेलकुद मञ्च अध्यक्ष किशोर राईले धरानको खेलकुद इतिहासमा पहिलो पटक खेलाडीलाई सम्मान गर्ने परम्पराको सुरुआतको गरेको बताए । उनले मञ्चले अवार्ड कार्यक्रमलाई निरन्तरता प्रदान गरिने बताए ।

उपमहानगरपालिकाले गर्ने काम मञ्चले गर्दा समेत मेयर हर्क साम्पाङ अनुपस्थित हुनु खेल क्षेत्र र खेलाडीहरूलाई अपमान भएको उनको भनाई थियो ।

धरान १ का वडाध्यक्ष यज्ञमणि आर्चाय, वडा ५ का अध्यक्ष मोहनप्रसाद लिम्बु, वडा ३ का अध्यक्ष विधा शाक्य, वडा १४ अध्यक्ष कृष्णप्रसाद भट्टराई, वडा १६ का अध्यक्ष मुरारी भट्टराई, राजनीतिक दलका स्थानीय नेताहरू खेलाडीहरूको ठुलो उपस्थिति थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक