राजनिती

काकाकुल धरानलाई संघीय खानेपानी मन्त्रीको आस्वशन

धरान: संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्र राईले धरानका मेयर हर्क साम्पाङ र राजनैतीक दलका स्थानीय नेताहरुलाई धराने जनतालाई सप्तकोशीको पानी खुवाउने आश्वशन दिएका छन।

शुक्रबार धरान आएका मन्त्री राईले धरानवासीहरूको मागलाई सकेसम्म चाँडै समाधान गर्ने प्रतिबद्धता जनाए। कोशीबाट पानी ल्याउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) गर्ने तयारीमा सरकार लागेको मन्त्री राईले बताए।

सङ्घीय बजेटमा धरानको खानेपानीलाई मात्र पनि छुट्टै शीर्षकमा बजेट नराखिएपछि बढेको असन्तुष्टि थामथुम गर्न आज शुक्रवार खानेपानी मन्त्री राजेन्द्र राईले मेयर हर्क साम्पाङ, राजनीतिक दलका स्थानिय नेताहरू र एमाले कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् ।

धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले स्थानीय सरकारसँग भनेजति बजेट नहुँदा संघीय तथा प्रदेश सरकारको आश गर्नुपरेको भनाई राखे। मन्त्री राइलाई साम्पाङले, ‘खानेपानीको चरम अभाव छ, धरानमा जनता बाटोमा गाग्री र ड्रम बोकेर बसिरहेका छन् मन्त्री ज्यु’ भन्दै समस्या उजागर गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

मन्त्री राईले धरानको खानेपानीको समस्या समाधान गरी छाड्ने दाबी गरे। कोशीबाट पानी ल्याउन संघीय सरकारले पाँच अर्ब ७२ करोड ५६ लाख रुपैयाँ विनियोजन भई ठेक्का प्रक्रियामा रहेको उनले बताए।

उनले वातावरण प्रभाव मूल्याङ्कन (ईआइए) काम भने बाँकी रहेको बताए। मन्त्री राईले नगर प्रमुख राईलाई उनकै कार्यकक्षमा भेटेर आगामी आर्थिक वर्ष २०८१/८२ भित्र खानेपानीको डिपिआर सम्पन्न हुने बताए। नगर प्रमुख राईले धरानको खानेपानी समस्यामा गम्भीर बन्न आग्रह गरे।हिउँदमा खानेपानीको समस्या हुने भएकाले चाँडै समाधान गरिदिन मन्त्री राईलाई नगर प्रमुख राईले जानकारी गराए।

नेकपा एमाले कार्यालयमा धरानका राजनैतिक दलको स्थानीय नेताहरु संगको छलफलमा पूर्व सङ्घीय सांसद जय कुमार राई, प्रदेश नम्बर १ सभामुख प्रदीप भण्डारी,
काँग्रेस धरान सभापती श्याम पोखरेल, सचिव हिमाल श्रेष्ठ, एमाले नगर अध्यक्ष हर्क जङ्ग एभेङ, नेता राजेन्द्र राई, माओवादी धरान अध्यक्ष मनोज भट्टराई, इन्चार्ज चोत्लुङ, नेता ताजुब लिम्बु लगायतले मन्त्रीलाई तत्कालका लागि खानेपानी समस्या समाधान गर्न जङ्गलमा ८ देखि १० वटा डिप बोरिङ गरेर धरानको चरम खानेपानी समस्या हल गर्न मन्त्री राईलाई आग्रह गरेका छन् ।

धरानका राजनैतिक दलहरुले तत्काल ५ देखि १० अर्ब धरानमा खर्च गर्न नसक्ने अवस्था नभए तत्काल जङ्गलमा सतहको पानी डिप बोरिङ गरेर धराने जनतालाई पानी खुवाएर काकाकुल अवस्थाबाट बचाउनु पर्ने माग गरे ।

राज्यले धरानको खानेपानीको समस्या समाधान गर्न तत्काल लगाउनु पर्ने । धरानका राजनैतिक दल लगायत स्वतन्त्रहरूको समेत खानेपानी चुनावी एजेन्डा मात्र बनाएर चुनाव जिते तर समस्या समाधान नभएको बताए ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद