समाज

एस.ई.ई.आईडलका फाईनलिष्टलाई लागू औषध दुर्ब्यसन र नेतृत्व बिकास सम्बन्धि अभिमुखिकरण

 धरान: कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का उत्कृष्ट प्रतिष्पर्धीहरुलाई बिहिबार लागू औषध दुर्ब्यसन बिरुद्ध र नेतृत्व बिकास सम्बन्धि एक दिवसिय अभिमुखिकरण सम्पन्न भएको छ।

 फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा आयोजित एस.ई.ई.आईडल सिङ्गिङ र डान्सिङ गरि उत्कृष्ट २० प्रतिष्पर्धीहरुलाई यु.एन.सेमिनार हलमा अभिमुखिकरण गराईएको हो।

कोशी प्रदेस प्रहरी इकाई कार्यालय धरानका प्रहरी निरीक्षक राकेश रेग्मिले प्रतिष्पर्धीहरुलाई लागु औषध के हो ? लागू औषधमा के के पर्छन? लागू औषधको दल दलमा युवाहरु कसरी फस्छन?  भन्ने बारेमा अभिमुखिकरण गराए। प्रहरी निरीक्षक रेग्मिले लागू औषधको कारोबारी र  प्रयोगकर्तालाई कस्तो कार्वाही हुन्छ ? लागू औषधको न्यूनीकरण कसरी गर्न सकिन्छ ? जस्ता बिषयहरुको बारेमा प्रतिष्पर्धीहरुलाई जानकारी गराए। युवा पुस्तालाई लागू औषधको कुलतबाट जोगाउन लागू औषध दुर्ब्यसन सम्बन्धि अभिमुखिकरण राखिएको कार्यक्रम निर्देशक राम लिम्बुले जानकारी दिए ।

   यसैबिच उत्कृष्ट २० जना प्रतिष्पर्धीहरुलाई नेतृत्व बिकास सम्बन्धि अभिमुखिकरण समेत गराईएको थियो।                   नेपाल पत्रकार महासङ्घ सुनसरीका सह-सचिव तिर्थ कार्कीले प्रतिष्पर्धीहरुलाई नेतृत्व भनेको के हो ? असल नेतृत्वका गुणहरु के के हुन ? नेतृत्व शैली कति प्रकारका हुन्छन ? नेतृत्व बिकास कसरी गर्ने आदीबारेमा जानकारी गराए।

अहिलेको प्रतिष्पर्धात्मक युगमा प्रतिष्पर्धीहरुको क्षमतालाई निखार्न र तिखार्न  नेतृत्व बिकास सम्बन्धि अभिमुखिकरण गराईएको प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिए।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले