राजनिती

कोशी प्रदेश सभामुखमा राप्रपाका अम्बर बहादुर बिष्ट निर्विरोध

कोशी प्रदेशसभाका सभामुखमा राप्रपाका अम्बर बहादुर बिष्ट चयन भएको छ। सम्पूर्ण दलले समर्थन गरेपछि सङ्घीयता विरोधी दलको हातमा प्रदेश सभाको नेतृत्व पुगेको हो ।

तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते राजीनामा दिएपछि ६ महिना कोशी प्रदेशसभा सभामुख विहीन अवस्था थियो । डेडलकको अवस्थामा पुगेको संसद्को गतिशीलता बढाउन सभामुखको भूमिका प्रभावकारी हुने अनुमान गरिएको छ ।

सभामुख चयन भएसँगै मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा दलहरूबिच विवाद र बैमनुष्य भन्दा पनि सहकार्य अनि एकता धेरै रहेको बताए ।

प्रदेश सरकार दलीय एकता, आपसी सहकार्य अनि जनचाहना अनुरूप अघि बढ्न सक्छन् भन्ने उदाहरण दिन चाहेको उनको भनाइ छ।

यस अवधिमा प्रदेश सभाबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, प्रदेश निजामती सेवा सम्बन्धी ऐन, कोशी प्रदेश सामयिक राजश्व सङ्कलन सम्बन्धी ऐन प्रमाणीकरण भइसकेका छन् ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३