सुनसरी उद्मोग वाणिज्य संघ धरानको ४० औँ बार्षिक साधरण सभा सम्पन्न भएको छ । संघले आफ्नो वार्षिक उत्सवको अवसरमा प्रत्येक वर्ष गर्दै आएको सम्मान कार्यक्रमलाई यस वर्ष पनि निरन्तर दिएका छन।
सुनसरी उद्योग बाणिज्य संघ धरानको ४० औं साधरण सभाले वरिष्ठ पत्रकार हर्ष सुब्बा र पत्रकार खिलनाथ विश्वकर्मा कोईरालालाई पुरस्किृत तथा सम्मान गरेको हो । वरिष्ठ पत्रकार सुब्बा नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष तथा कान्तिपुर राष्ट्रिय दैनिकका पूर्व सम्पादक, हाल धरानबाट प्रकाशित हुने कपुरी न्युज डटकमका प्रधान सम्पादक रहेका छन् भने पत्रकार विश्वकर्मा ब्लाष्ट टाईम दैनिकका सम्वादाता हुन् । दुवै जना पत्रकारलाई ११/११ हजार नगदका साथ दोसल्ला ओढाएर सम्मान गरिएको छ।
धरानका पुराना व्यावसायि अनिल अग्रवाल ( प्रिन्स) र सुनिल श्रेष्ठलाई पनि दोसल्ला र प्रशंसापत्रले सम्मान गरेका छन । कोशी प्रदेशका साँसद रमेश बस्नेत, ममता तामाङ , यशोदा कायस्थ ,विजय राई र सुनसरी उद्मोग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले संयुक्त रुपमा सम्मान गरेका थिए।
अध्यक्ष विजय श्रेष्ठले नीजि क्षेत्रलाई राज्यले उपेक्षा गरेको बताउदै स्थानीय सरकार धरान उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको समेत उपस्थित नभएकोमा दुख व्यक्त गर्दै मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तनदेखि भुकम्प तथा कोरोनाको माहामारीको सामना गर्दै आएका उद्योगी तथा व्यवसायीहरुले तंग्रिन नपाउँदै पुन डेंगु संक्रमणले थला पारेको वृतान्त प्रष्ट्याउदै यस्तो विषम् परिस्थितिमा पनि व्यवसाय तथा उद्योग सञ्चालन गरेको बताए । उनले राज्यले यस्तो विषम् परिस्थितिमा सहयोग गर्नुको सट्टा राजस्वको स्रोतको रुपमा हेर्ने बाहेक केही नगरेको गुनासो पोखे।
श्रेष्ठ्ले भने हामीले यस्तो विषम् परिस्थितिमा पनि सुनसरीको विकासका लागि लगानी लाउने र सुनसरीको समृद्धिको प्रयास कार्यक्रम चरणवद्ध रुपमा सञ्चालन गरिरहेका छौं, यसका लागि सबै पक्षसँग हामीले सहयोगको अपेक्षा गरे पनि कसैले यस कुरामा सहकार्य गर्ने प्रत्यन्त सम्म नगरेको गुनासो सुनाए। नेपालको अर्थतन्त्र संवेदनशील मोडमा रहेको बेला बैंक र वितीय संस्थाहरुले आपूर्ति अधिक हुदा व्याज घटाउनुपर्ने र उद्यमी व्यवसायीले रकमको माग गर्नुपर्ने हो तर त्यसो हुन नसकेको जानकारी गराउदै मुलुकको अवस्था देशको अर्थतन्त्रलाई सुदृढ गर्न तथा जिल्लाको आर्थिक विकासका लागि संघका तर्फबाट नौ बुँदे धारणा समेत प्रस्तुत गरेका थिए ।
साधारण सभामा कोशी प्रदेशका सभासदहरु रमेश बस्नेत, बिजय राई, यसोदा कायस्थ, ममता तामाङ, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, संघका पूर्व अध्यक्षहरु गिरिधारी सापकोटा, सरोज श्रेष्ठ, जिल्ला स्थित रहेका विभिन्न सुरक्षा निकायका प्रमुख, राजनीति दलका नेता तथा प्रतिनिधिहरु, सुनसरी जिल्ला भित्रका उद्योगी, व्यावसायीहरुको सहभागीता रहेको थियो ।