आर्थिक

हिमालयन रि इन्स्योरेन्सको आइपीओ खुल्यो, आवेदन दिने मिती पुस १ सम्म

आज मङ्सिर २७ गतेदेखि हिमालयन रि इन्स्योरेन्सको आइपीओ खुलेको छ। कम्पनीको आइपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयसम्म बिक्री नभए पुस ११ गतेसम्म बिक्री खुला रहनेछ।

कम्पनीले सर्वसाधारणको लागि दुई करोड ४९ लाख कित्ता सेयर जारी गर्ने भएको हो। अङ्कित मूल्य १ सयमा १०६ रुपैयाँ प्रिमियम थपेर एक कित्ता २०६ रुपैयाँका दरले बिक्री गर्ने भएको हो। यसमा न्यूनतम १० कित्ताको लागि आवेदन दिन सकिनेछ।

यसको लागि कम्तीमा २ हजार ६० रुपैयाँ बैङ्क खातामा मौज्दात हुनुपर्नेछ। नत्र आवेदन रद्द हुन्छ। यो सेयरमा बढिमा ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरूलाई कम्पनीले सेयर छुट्याइसकेको छ।

वैदेशिक रोजगारीमा गएकाहरूका लागि ३० लाख कित्ता सेयर बाँडिसकेको छ। कम्पनीका कर्मचारीको लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर छुट्याएको छ। आफ्नो खाता भएको बैङ्क शाखा वा अनलाइन प्रणालीमा मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ। रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीको सेयरलाई ए माइनस रेटिङ दिएको छ।

यसले कम्पनीको वित्तीय दायित्व सफलसँग भुक्तानी गर्न सक्ने देखाउँछ। यसको सेयर बिक्री प्रबन्धक एनएमबी बैङ्क छ। सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ। कम्पनीले प्रिमियमबाटै ३ अर्ब १८ करोड पाउनेछ। यो रकम बोनस सेयर दिन प्रयोग गर्न सक्ने व्यवस्था छ।

कम्पनीले सेयरबाट उठेको रकम घरजग्गा कार्यालयमा लगाउने देखि निक्षेप, ऋणपत्रमा लगानी गर्ने उल्लेख गरेको छ। अहिले पनि कम्पनीले विभिन्न लगानीबाट कमाई गरिरहेको छ। गत असारसम्म कम्पनीले यस्तो लगानीबाट ८० करोड ६४ लाख कमाएको थियो।

हाल नेपालमा एक मात्र पुनर्विमा कम्पनी रहेकोमा हिमालयन रि पनि थपिन लागेको हो। बिमा कम्पनीहरूले आफूले मात्र लिन नसक्ने जोखिम यस्ता पुनर्विमा कम्पनीमा सार्छन्। धेरैले विदेशी पुनर्विमा कम्पनीमा यस्तो जोखिम सार्दै आएका छन्।

हाल नेपाली बिमा कम्पनीहरूले आफूले गर्ने पुनः बीमाको कम्तीमा १५ प्रतिशत रकम बराबर नेपाली पुनर्बीमा कम्पनीमा गर्नुपर्ने व्यवस्था छ। हाल हिमालयन रि र नेपाल रि इन्स्योरेन्स छन्। कम्पनीहरूले कम्तीमा बीमाको शुल्कको १० प्रतिशत रकम र सो बराबरको जोखिम पुनर्विमा कम्पनीमा सार्नुपर्छ। पुनर्विमा कम्पनीको व्यवसायलाई सुनिश्चित गरिएको छ।

यस कम्पनीमा ठुला व्यवसायी शेखर गोल्छा अध्यक्ष छन्। शाहिल अग्रवाल, अमित मोर लगायत सञ्चालक समितिमा छन्। कम्पनीमा अम्बर प्रोभेष्टमेन्टको ९. ६९ प्रतिशत, नेपाल बैङ्कको ७.१४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कको ७.१४ प्रतिशत र इन्फिनिटि होल्डिङ्सको ६.४३ प्रतिशत सेयर छ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको