पक्राउ भूपु मन्त्री किराँती सहित अन्य पहिचानवादी नेताहरुको रिहाइको माँग सहित प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले प्रेस-बिज्ञप्ति जारी गरेका छन ।
नेकपा एमालेको मध्य पहाडी संकल्प यात्रालाई अवरोध गर्ने चेतावनी दिँदै आएका पहिचानवादी नेता गोपाल किराँतीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई खोटाङ्गको हलेसीबाट पक्राउ गरिएको हो ।
आज मंगलबार किरातीलाई प्रहरीले पक्राउ गरेको किरात राई यायोक्खाका उप महासचिव अर्जुन जम्नेली राईले जानकारी दिए । खोटाङ र भोजपुरबाट पहिचानवादी नेताहरुलाई पक्राउ गरेको यायोक्खाले जनाएको छ ।

प्रेस विज्ञप्तिमा जारी गर्दै पक्राउ गरिएका भू.पु.मंत्री गोपाल किराती लगायतकालाई तुरुन्त रिहाईको माग गर्दै विज्ञप्तिमा उल्लेख गरेका छन प्रदेस न.१ मा जबर्जस्ति लादिएको कथित कोशी नाम खारेजीको लागि यस संयुक्त संघर्ष समितिले शान्तिपूर्ण एवं सशक्त आन्दोलन गर्दै आएको सर्बबिदितै छ र हामीले माग गरेको पहिचानको खिल्ली उडाउनको लागि केहि अवान्छित तत्वहरुको यस क्षेत्रमा गतिविधि बढेपछी पहिचान रक्षाको लागि यस संयुक्त संघर्ष समितिले यहि मंगसिर २६ र २७ गते घुर्मी देखि लेगुवा घाट सम्मको मध्य पहाडी लोकमार्ग शान्तिपूर्ण बन्द आव्हान गरेको र उक्त शान्तिपूर्ण बन्दलाइ सफल बनाउने क्रममा हाम्रा सहयोद्धा नेताहरुलाई प्रशासनले पक्राउ गरेको छ । उक्त कायरतापूर्ण पक्राउको घोर भर्त्सना गर्दै हाम्रा नेताहरुको तत्काल बिनासर्त रिहाको माग गर्दछौ, हाम्रा नेताहरुलाई तत्काल रिहाइ नगरिएमा प्रदेस न .१ अनिश्चितकालिन बन्दमा जान बाध्य हुनेछौ |
पक्राउ गरिएका पहिचानवादी नेताहरु खोटाङबाट भू.पु. मन्त्रि गोपाल किराती, जसपा नेता राजेस राइ, हलेसी तुवाचुङ युवा सह संयोजक, गन्धमान राइ, विजय राइ, हलेसी तुवाचुङ युवा सह संयोजक उदिम राइ नुन्थलाबाट र भोजपुरबाट बिदुर राइ ,किराया भोजपुर जिल्ला अध्यक्ष मीना राइ, जसपा प्रदेस सदस्य दिनेस राइ जसपा जि.सदस्य / युवा इन्चार्ज, पनन राई रहेका छन।


