शिक्षा

हिबिस्कस डान्सिङ सिङ्गिङ आइडलको उपाधि रेश्मा र प्रनितालाई


धरान: हिविस्कस इङलिस वोडिङ स्कुल धरान–१५ को आयोजनामा हिविस्कस सिंगिङ डान्सिङ आइडल सम्पन्न भएको छ ।
विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता तथा कला प्रस्तुत गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरीएको हो ।
सिङ्गिङ आइडल विधातर्फ कक्षा ९ मा अध्ययनरत रेश्मा तामाङ प्रथम स्थान हासिल गर्न सफल वनेकी थिइन भने कक्षा १० का सबिन बोहोरा द्वितीय स्थान ल्याउन सफल वनेका थिए । त्यस्तै कक्षा ७ का आसिन राईले तृतीय स्थान हासिल गर्न सफल वनेका थिए ।
त्यस्तै, डान्सिङ आइडल विधातर्फ कक्षा ६ की प्रनिता तामाङ प्रथम स्थान हासिल गर्न सफल वनेकी थिइन भने कक्षा १० की आस्था उदास द्वितीय तथा कक्षा ७ की युनिका श्रेष्ठ तृतीय स्थान हासिल गर्न सफल वनेकी थिइन ।
प्रतियोगितामा गायन विधाको निर्णायकमा संगीत शिक्षक विजय गजमेर र मनिष श्रेष्ठले रहेका थिए भने नृत्यतर्फको विधाको निर्णायकमा धरान डान्स गार्डेनका सन्देश तिम्सिना र नृत्य शिक्षिका सिमरन राईले गरेका थिए।
कार्यक्रमलाई अनुष्का लिम्बू र सुभद्रा खड्काले कुशलतापूर्वक सञ्चालन गरेका थिए। उनीहरूको सहज, आकर्षक र प्रभावकारी कार्यक्रम सञ्चालनले प्रतियोगितालाई थप मनोरञ्जनात्मक तथा व्यवस्थित बनाएको थियो।
विद्यालयस्तरमा आयोजना हुने यस्ता प्रतिभामूलक कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो रुचि र क्षमता पहिचान गर्न, सार्वजनिक रूपमा प्रस्तुति दिन, आत्मविश्वास बढाउन तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले बताउनु भयो ।
अध्ययनसँगै कला, संगीत र नृत्यजस्ता सिर्जनात्मक गतिविधिमा विद्यार्थीहरूको सहभागिताले उनीहरूको व्यक्तित्व विकास तथा प्रतिभा प्रस्फुटनमा समेत सहयोग पुग्ने राईको भनाई रहेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अन्तर्निहित प्रतिभालाई पहिचान गरी प्रोत्साहन गर्ने तथा उनीहरूलाई कला, संगीत र नृत्य क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको निर्देशक राईले वताउनु भयो ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई