खेलकुद

पाँचौँ गोर्खा ट्रेलब्लेजर माघ २ गते हुने

धरान: गोर्खा सिमेट्रीज ट्रस्ट नेपालको आयोजनामा पाँचौँ गोर्खा ट्रेलब्लेजर १० के रन प्रतियोगिता आगामी माघ २ गते शनिबार हुने भएको छ। आयोजकले प्रतियोगितामा ७०० खेलाडी सहभागी गराउने लक्ष्य राखेको छ।
शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगिता धरान–१८ स्थित रत्नचोकबाट सुरु भई धरान–२० विष्णुपादुकास्थित ब्रिटिस गोर्खा स्मृति पार्कमा पुगेर समापन हुनेछ। बिहान ६ः३० बजे सुरु हुने दौड बिहान ९ बजे समापन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष महेन्द्रकुमार राईले जानकारी दिए।
विश्व शान्तिका लागि भएका प्रथम र दोस्रो विश्वयुद्धलगायत विभिन्न युद्धमा ज्यान गुमाएका वीर गोर्खालीहरूको सम्मान र सम्झनामा प्रतियोगिता आयोजना गरिँदै आएको अध्यक्ष राईले बताए।
गोर्खाली योद्धाहरूको सम्मान र पुर्खाको योगदानलाई स्मरण गर्ने उद्देश्यले अप्रिल ५ लाई पुर्खा दिवसका रूपमा मनाउने गरिएको छ। सोही अवसरसँग जोडेर सन् २००६ मा हङकङमा गोर्खा सिमेट्रीज ट्रस्ट स्थापना भएको थियो। नेपालमा भने सन् २०१८ मा संस्था स्थापना भएपछि हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना हुँदै आएको छ।
संस्थाले स्थापनाकालदेखि दोस्रो विश्वयुद्धका जीवित योद्धाहरूलाई सम्मान गर्दै आएको छ। हालसम्म १० जना दोस्रो विश्वयुद्धका जीवित योद्धा र एकमात्र जीवित भिक्टोरिया क्रस प्राप्तकर्ता रामबहादुर बेघा लिम्बूलाई सम्मान गरिसकेको राईले बताए।
सन् २०२३ देखि धरानको रत्नचोकदेखि ब्रिटिस गोर्खा स्मृति पार्कसम्म १० किलोमिटर दौड आयोजना गर्न थालिएको हो। गत चैत १४ गते सम्पन्न चौथो गोर्खा ट्रेलब्लेजरमा पनि ७०० खेलाडी सहभागी भएका थिए।
प्रतियोगिता सञ्चालनका लागि धरान उपमहानगरपालिका, वडा नं। १८ र २० लगायत विभिन्न वडा कार्यालय, संघसंस्था तथा व्यक्तिहरूले आर्थिक र भौतिक सहयोग गर्दै आएको आयोजकले जनाएको छ।
चौथो गोर्खा ट्रेलब्लेजर प्रतियोगितामा १ लाख ३९ हजार घाटा
पत्रकार सम्मेलनमा आयोजकले चौथो गोर्खा ट्रेलब्लेजर प्रतियोगिताको आयव्यय विवरणसमेत सार्वजनिक गरेको छ।
सार्वजनिक विवरणअनुसार प्रतियोगिताबाट ७ लाख ८९ हजार ७३५ रुपैयाँ आम्दानी भएको थियो भने ९ लाख २९ हजार रुपैयाँ खर्च भएको थियो। आम्दानीभन्दा खर्च १ लाख ३९ हजार २६५ रुपैयाँ बढी देखिएको छ।
आयोजकका अनुसार सबैभन्दा बढी जर्सी खरिदमा ४ लाख ५० हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै व्यवस्थापनमा ९० हजार, खेलाडीलाई नगद पुरस्कारमा ९० हजार, खेलाडी, पत्रकार, स्वयंसेवक तथा अतिथिको खाजा–खानामा ७० हजार र स्वयंसेवक परिचालनमा ३० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
त्यसैगरी ब्यानर,प्रमाणपत्र,पदक तथा मायाको चिनोमा २० हजार र पुर्खा दिवस कार्यक्रममा २० हजार रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक