समाज

वराहक्षेत्र कार्तिके मेला यो वर्ष मङ्सिर ४ गतेबाट, कार्तिक स्नान र निशान यात्रा

धरान: सुनसरीको वराहक्षेत्रस्थित सप्तकोशी नदीमा कार्तिक स्नान र वराह भगवानको पूजा आरधना गरी मनाइने महापर्व हरिबोधनी एकादशी कार्तिके मेला आगामी मङ्सिर ४ गतेबाट सुरु हुने भएको छ ।

हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने धार्मिक मेला यस क्षेत्रकै सबैभन्दा ठूलो र महापर्वका रुपमा लिन्छ । सुनसरी जिल्लामा पर्ने प्रसिद्ध तीर्थस्थल बराहक्षेत्र धाममा हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिने धार्मिक मेला लाग्दै आएको छ । धर्तीको पहिलो धामका रुपमा रहेको वराहक्षेत्रमा शास्त्रीय मान्यताअनुसार विष्णु भगवानको अवतारका रुपमा वराह भगवानको पूजा अर्चना, भाकल गर्ने गरिएको छ ।

हिन्दू धर्मशास्त्रका अनुसार भगवान विष्णुले वराह (बँदेल) को रूप लिएर पृथ्वीलाई रसाताल (समुन्द्र) मा डुबाउने ‘हिरण्याक्ष’ नाम गरेको राक्षसको वध गरेका थिए । वराह अवताररुपी विष्णु भगवानले जलमा डुबेको पृथ्वीलाई पूर्ववत उद्दार गरेका थिए ।
बर्सेनि लाग्ने वराहक्षेत्र कात्तिके मेलामा नेपालसहित भारत र भुटानका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् । वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार यस वर्ष ३ देखि ४ लाख भक्तजनले वराह भगवानको दर्शन गर्ने अनुमान छ ।

२ सय ६० वर्ष पुरानो निशान यात्रा:

वि. सं. १८२१ मा स्थापना भएको चतरा गद्दीबाट यस वर्षसमेत बाजागाजा, ढोलझ्याम्टासहित निशान यात्रा आयोजना गरिने छ ।
कार्तिक शुक्ल त्रयोदशीका दिन निशान यात्राले नगर परिक्रमा गरी वराहक्षेत्र मन्दिर प्रस्थान गर्ने छ । चतरा मठमा औलिया बाबाको गद्दी स्थापना भएपछि बर्सेनि निशान यात्रा चतरा गद्दीबाट वराहक्षेत्र लाने गरिएको छ । औलिया महामुनी पिठ चतरा गद्दीबाट निशान यात्रा वराहक्षेत्र पुगेपछि औपचारिक रुपमा वराहक्षेत्रमा एकादशी मेला सुरु हुने गरेको महन्त विनायक पुरी बताउँछन् ।

जनश्रूति र धार्मिक मान्यताअनुसार वराह भगवानका उपासकका रुपमा रहेका महामुनि औलियाले निशान यात्राको सुरुवात गरेका हुन् । औलिया मठ चतरा गद्दी तथा वराहक्षेत्र अस्थानका महन्त विनायक पुरीका अनुसार प्राचीन कालदेखि चल्दै आएको पर्वले बर्सेनि निरन्तरता पाइरहेको छ । उनका अनुसार औलिया बाबा वराह भगवानका उपासक, सेवक र रक्षकसमेत रहेकाले औलिया बाबाको प्रतीकस्वरुप निशान झण्डा लाने गरिएको छ ।

सप्तकन्यासहितको निशान यात्रालाई स्थानीय सुरक्षा निकायले सलामी दिएपछि मठबाट चतरा गद्दी, चतरा बजार परिक्रमा गर्दै वराहक्षेत्र प्रस्थान गर्ने गरेको छ । निशान झण्डासहितको पदयात्रामा जुना अखाडाका जोगी-सन्यासी, चतरा गद्दीका साधु-सन्त, वराहक्षेत्रका जनप्रतिनिधि स्थानीयवासीसहितको पदयात्रा वराहक्षेत्र प्रस्थान गर्ने गरेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन निशान यात्रा वराहक्षेत्रका लागि निस्कने गरेको छ । पूर्णिमाका दिनसम्म वराहक्षेत्रमा राखेर सोही विधिअनुसार पुनः चतरा मठ ल्याउने गरिएको छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले