व्यवसाय

यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ भेरियन्ट सार्वजनिक, मूल्य ५ लाख ३४ हजार ९ सय

धरान : यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट धरानमा सार्वजनिक गरिएको छ। नयाँ भेरियन्टको सुरुवाती मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ।

नेपालका लागि यामाहा दुई पाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालि अन्तर्गतको विजयपुर ट्रेडर्सले बिहीबारदेखि सुरु गरेको ‘यामाहा ब्लु फेस्ट’मा नयाँ भेरियन्ट सार्वजनिक गरेको हो।

कोशी प्रदेश यातायात महासङ्घका संयोजक तथा सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठले नयाँ भेरियन्ट सार्वजनिक गरेका हुन्।

मोटरसाइकल सार्वजनिक गर्दै श्रेष्ठले दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्ने सोरुमहरूले ग्राहकलाई सवारीसाधन कहाँ र कसरी चलाउने भन्ने विषयमा समेत जानकारी दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए।

यसअघि कालो,रातो र सिल्भर रङ्गमा उपलब्ध एक्सएसआर १५५ अब नयाँ ‘ब्लु’ कलरमा समेत उपलब्ध भएको कम्पनीले जनाएको छ।

धरानमा यामाहा ब्रान्डका दुई पाङ्ग्रे सवारीसाधनको बिक्री तथा ग्राहक सेवा प्रदान गर्दै आएको विजयपुर ट्रेडर्सले मोटरसाइकल तथा स्कुटरका विभिन्न मोडल र भेरियन्ट स्थानीय बजारमा उपलब्ध गराउँदै आएको विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले जानकारी दिए ।

धरानस्थित ‘ब्लु स्क्वायर’ सोरुममार्फत ग्राहकलाई सवारीसाधन अवलोकन, टेस्ट राइड,बुकिङ तथा बिक्री सेवा प्रदान गर्दै आएको ट्रेडर्सले जनाएको छ।

खतिवडाले नयाँ एक्सएसआर १५५ को ‘ब्लु’ भेरियन्ट सार्वजनिक भएसँगै धरान तथा आसपासका ग्राहकका लागि टेस्ट राइड र बुकिङ खुला गरिएको बताए।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई