राजनिती

सुनसरी–१ को क्षेत्रीय सभापतिमा तिलक राई, महाधिवेशन प्रतिनिधीहरु को निर्वाचन सम्पन्न

धरान: नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा तिलक राई निर्वाचित भएका छन्। धरान सभागृहमा सम्पन्न निर्वाचनमा राईले ६६३ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी विनोद आले मगरलाई ५५१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

निर्वाचनमा आले मगरले ११२ मत प्राप्त गरेका थिए। कुल ७८० मत खसेको निर्वाचनमा राईले खसेको मतको करिब ८५ प्रतिशत प्राप्त गरेका छन्। निर्वाचनको परिणामसँगै राईले सुनसरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको क्षेत्रीय नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन्।

धरानका पूर्वनगरप्रमुखसमेत रहेका राई नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। स्थानीय तहको नेतृत्वमा रहेर काम गरिसकेका राईको क्षेत्रीय सभापतिमा निर्वाचित भएसँगै सुनसरी–१ मा पार्टी संगठनलाई थप सुदृढ बनाउने जिम्मेवारी आएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउने, संगठनलाई सक्रिय बनाउने र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने चुनौती उनको नेतृत्वसामु रहनेछ।

महाधिवेशन प्रतिनिधिमा विभिन्न समूहबाट निर्वाचित:

क्षेत्रीय अधिवेशनबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विभिन्न समूह तथा समावेशी क्लस्टरबाट प्रतिनिधिहरू निर्वाचित भएका छन्।

खुला समूहबाट उमेश थापा, किशोर राई, पर्वतकुमार राई, मीनबहादुर विश्वकर्मा, रामकुमार तामाङ (मामा), रुपेश आचार्य, सचित शर्मा, सुजेन्द्र तामाङ, सुरेश श्रेष्ठ र श्याम पोखरेल निर्वाचित भएका छन्।

महिला खुला समूहबाट उर्मिला प्रधान, निर्मला गुरुङ (निरु), प्रदेश सांसद ममता तामाङ र मिना सुब्बा निर्वाचित भएका छन्। आदिवासी जनजाति खुलातर्फ महेन्द्र प्रधान, रोहित सुब्बा र सुवास राई निर्वाचित हुँदा आदिवासी जनजाति महिलातर्फ पञ्चकला राई, रमिना सुब्बा गुरुङ र सन्ध्या श्रेष्ठ निर्वाचित भएका छन्।

त्यसैगरी, खस आर्य खुलातर्फ रत्नबहादुर रिमाल तथा खस आर्य महिलातर्फ रुक्मिणा गौतम (कोपिला गौतम) निर्वाचित भएकी छन्। मधेसी समूहबाट राजु साह निर्वाचित भएका छन् भने दलित समूहबाट सन्तोष विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन्।

पेशागत विषय विज्ञतर्फ चन्द्रशेखर लामा, युवा खुलातर्फ दोर्ची शेर्पा र प्रसान राई, युवा महिलातर्फ सुविक्षा राई तथा श्रमिकतर्फ विजय घिमिरे निर्वाचित भएका छन्।

यसैगरी, अपाङ्गता समूहबाट ध्रुव गिरी, अल्पसंख्यक समूहबाट जयप्रकाश शर्मा, दलित समूहबाट गणेश परियार, प्रजातन्त्र सेनानीतर्फ भीष्मराज काफ्ले तथा समानुपातिक थारु मुस्लिम समूहबाट काशीराम चौधरी निर्वाचित भएका छन्।

पदेना प्रतिनिधिमा चार सभापति:

क्षेत्रीय सभापतिको हैसियतमा तिलक राई महाधिवेशन प्रतिनिधि बनेका छन्। त्यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) का सभापति सन्तोष लिम्बू, प्रदेशसभा निर्वाचन क्षेत्र १ (ख) का सभापति सुमित राई र धरान उपमहानगरपालिका सभापति प्रवीण राई पनि सभापतिको हैसियतमा महाधिवेशन प्रतिनिधि बनेका छन्।

सुनसरी क्षेत्र नम्बर १ को क्षेत्रीय नेतृत्व चयनसँगै महाधिवेशन प्रतिनिधिहरू पनि चयन भएका छन्। अब निर्वाचित नेतृत्व र प्रतिनिधिहरूले पार्टीको आगामी महाधिवेशनमा क्षेत्रको प्रतिनिधित्व गर्नेछन्।

क्षेत्रीय सभापतिमा राईको विजयलाई सुनसरी–१ मा कांग्रेसको आगामी राजनीतिक दिशा, संगठनात्मक सक्रियता र निर्वाचन तयारीसँग जोडेर हेरिएको छ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३