खेलकुद

धरान खेलकुद मञ्चद्वारा खेलाडी, प्रशिक्षक र पत्रकार सम्मानित

धरान । धरान खेलकुद मञ्चले खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक तथा अग्रज व्यक्तित्वलाई नगद पुरस्कारसहित अवार्ड प्रदान गरेको छ। शुक्रबार धरानमा आयोजित कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा खेलकुद क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको हो।

मञ्चले उत्कृष्ट प्रशिक्षकको अवार्ड कराते प्रशिक्षक किरण लामालाई प्रदान गरेको छ। उनले नगद २५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरेका छन्। त्यसैगरी, वर्षको उत्कृष्ट खेलाडी पुरुषतर्फ करातेका प्रमोद राई र महिलातर्फ फुटबलकी प्रतीक्षा राई छनोट भएका छन्। दुवैले जनही २५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरेका छन्।

पब्लिक च्वाइस अवार्डतर्फ करातेका निगम तिम्सिना प्रथम भएका छन्। उनले नगद २५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरेका छन्। उक्त विधामा टेबलटेनिसका श्रेय सुवेदी दोस्रो र करातेका साहिल राई तेस्रो भएका छन्। उनीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।

यसैगरी, पूर्वराष्ट्रिय फुटबल खेलाडी इन्दु रसाइलीलाई खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘लेजेन्ड्री’ सम्मान प्रदान गरिएको छ। उनले नगद ११ हजार रुपैयाँसहित सम्मान प्राप्त गरेकी छन्।

खेलकुद क्षेत्रको पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै धरान साप्ताहिकका पत्रकार गोविन्द बस्नेतलाई पत्रकार सम्मान प्रदान गरिएको छ। उनले नगद १० हजार रुपैयाँसहित सम्मान प्राप्त गरेका छन्।

सम्मानित खेलाडी तथा व्यक्तित्वलाई धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले अवार्ड तथा सम्मान हस्तान्तरण गरेका थिए।

कार्यक्रममा मञ्चका अध्यक्ष किशोर राईले खेलाडी तथा खेलकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको अवार्ड कार्यक्रमका लागि नगर सरकारले बजेट विनियोजन नगरेको गुनासो गरे। उनले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए।

जवाफमा कार्यवाहक नगरप्रमुख बेघाले आगामी वर्षदेखि उपमहानगरपालिकाले अवार्ड कार्यक्रमका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक