
धरान: नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल लोकतन्त्रवादी किरात राई संघको प्रथम महाधिवेशनबाट सुवास चन्द्र राई सर्वसम्मत अध्यक्षमा चयन भएका छन्।
सोमबार सम्पन्न महाधिवेशनले राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षद्वयमा राजाबाबु किराँती र सारिका राई, महामन्त्रीमा खगेन्द्र राई, सहमहामन्त्रीद्वयमा पञ्चकला राई र राजकुमार राई तथा कोषाध्यक्षमा अनुपमा राई चयन भएका छन्।
केन्द्रीय सदस्यहरूमा चित्र राई, सुरेन्द्र राई, किरणजंग राई, रिवाज राई, कल्पना राई, ज्ञानकुमार राई, बिमला राई, विश्वनाथ राई, धनबहादुर राई र रमिला राई चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष राईले किरात राई समुदायलाई नेपाली कांग्रेसको लोकतान्त्रिक आन्दोलनसँग थप जोड्दै संगठन विस्तार र समुदायका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने बताए।

