व्यवसाय

बिराटचोकमा पहिलोपटक जब एजेन्सी संचालनमा

बिराट्चोक: मोरङ्को बिराटचोकमा एडुस्टाफ सोलुसन नामक रोजगारदाता एजेन्सी संचालनमा आएको छ। भाद्र १४ गते एक कार्यक्रम बीच सुन्दरहरैचा – ९, बिराटचोक स्थित कार्यालयको बिधिवत उद्घाटन गरिएको थियो।
उक्त अवसरमा सुन्दरहरैचा तथा इटहरी क्षेत्रका विभिन्न बिद्यालयका संचालक तथा प्रिन्सिपलहरु, साथै उद्योगी -ब्यावसायीहरुको उपस्थिति रहेको थियो।
उक्त एजेन्सीका सुर्य दंगाल तथा रन्जिता दंगालले संचालनमा ल्याएको हो। संचालक सुर्य दंगालका अनुसार एडुस्टाफ सोलुसनले पहिलो चरणमा शिक्षा क्षेत्रमा काम गर्ने जनाएको छ। उनका अनुसार सुनसरी तथा मोरङ जिल्लाका विद्यालय तथा कलेजहरूका शिक्षक तथा कर्मचारीहरूको आवश्यकता पूरा गर्ने लक्ष्य लिएको छ। जस अनुसार विषय शिक्षक, काउन्सिलर, लेभल इन्चार्ज, कोअर्डीनेटर, प्रिन्सिपल, खेलकुद शिक्षक, विशेष कला प्रशिक्षक, साथै बस स्टाफ, सहयोगी कर्मचारी, सुरक्षा गार्ड, लाइब्रेरियन, ल्याब टेक्निसियन, रिसेप्सन इस्ट, होस्टल वार्डन लगायत विद्यालयमा आवश्यक सबै खाले जनशक्ति विद्यालयको माग अनुसार उपलब्ध गराउने जनाएका छन्।
उनका अनुसार दोस्रो चरणमा सेवा बिस्तार गरि बजारमा आवश्यक विभिन्न व्यापारिक प्रतिष्ठान, होटल व्यवसाय, तथा पसलहरूमा समेत आवश्यक जनशक्ति आपूर्ति गर्ने योजना रहेको छ।
मोरङ जिल्लाको विकासोन्मुख नगर सुन्दर हरैचाको मुख्य सहरी केन्द्र विराटचोकमा स्थापित यस संस्थाले स्थानीय स्तर मा रहेको जनशक्तिको मागलाई केही हदसम्म भएपनि सहज आपूर्ति गर्ने विश्वास गरिएको छ। सुन्दरहरैचामा यस प्रकारको व्यवसाय एडुस्टाफ सोलुसन नै पहिलो हो।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई