
धरान: नेपाली कांग्रेस (देउवा समूह) को १५औँ नियमित महाधिवेशनअन्तर्गत धरान नगर समितिको अधिवेशनबाट सभापतिमा गजेन्द्र लिम्बु निर्विरोध निर्वाचित भएका छन्। धरान–१९ मा सम्पन्न अधिवेशनबाट लिम्बुको नेतृत्वमा २१ सदस्यीय नगर कार्यसमिति निर्विरोध चयन भएको हो।
निर्वाचन अधिकृत विनोद नेपालका अनुसार उपसभापतिमा असेस लिम्बु र सृजना चेन्जोङ निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा विमल बुढाथोकी तथा सहसचिवमा प्रभाकर भट्टराई र सचिन राई निर्विरोध चयन भएका छन्।
नगर कार्यसमितिका सदस्यहरूमा गीता भारती, दीपक बर्देवा, सुभेस घिमिरे, कारसाङ लामा, राम राना मगर, राजेश साह, बलराम सुवेदी, पञ्चराज मोक्तान, प्रमिला गुरुङ, अञ्जु तामाङ, गोविन्द निरौला, युवमाया चौलागाईं, दिलकुमार तामाङ, रुदिप मगर र रजिन राई चयन भएका छन्।
अधिवेशन कार्यक्रमको सभापतित्व गणेश सुब्बले गरेका थिए। नियमित अधिवेशन कार्यक्रमको प्रमुख अतिथी सुनसरी जिल्ला संयोजक सन्दिप श्रेष्ठले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिसहित पार्टीका विभिन्न तहका नेताहरूको सहभागिता रहेको थियो।
अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएसँगै धरानमा नेपाली कांग्रेस (देउवा समूह) को संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

