समाज

मितेरी बैंकले प्रधानमन्त्री कोषमा १० लाख सहयोग


धरान : मितेरी डेभलपमेन्ट बैंकले रसुवागढी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।
शुक्रबार सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालमार्फत बैंकका सञ्चालक समिति अध्यक्ष किसन मास्के सहित पदाधिकारीहरुले रकम हस्तान्तरण गरेका हुन्।
यसैगरी, बैंकका सञ्चालक समिति सदस्य तथा प्रीति भल्भका सञ्चालक अन्वेश अग्रवालले व्यक्तिगत रूपमा ३ लाख रुपैयाँ सहयोग गरेका छन्।
बैंक र अग्रवालबाट गरी बाढीपीडितका लागि कुल १३ लाख रुपैयाँ सहयोग भएको छ।
उक्त रकम भदौ १० गते आएको प्रलयकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र उद्धारमा प्रयोग गरिने जनाइएको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले