खेलकुद

फिफा यू–१५ विश्वकपका लागि कोशी प्रदेशमा खेलाडी छनोट धरानमा सुरु


धरान: अजरबैजानमा आयोजना हुने फिफा यू–१५ विश्वकप एन्ड फेस्टिभल २०२६ का लागि नेपाली टोली छनोट प्रक्रियाअन्तर्गत कोशी प्रदेशस्तरीय खेलाडी छनोट धरानमा सुरु भएको छ।
देशभरका जिल्ला छनोटबाट छनोट भएका युवा फुटबल खेलाडीमध्ये कोशी प्रदेशबाट २७२ जना खेलाडी प्रदेशस्तरीय छनोटमा सहभागी भएका छन्। उनीहरूबीच धरानस्थित एन्फा एकेडेमीमा शनिबार सुरूभएकाे छनाैट प्रतियोगिता आइतबार सम्म चल्ने छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४९ जिल्लामा सञ्चालन गरेको खुला छनोटबाट उत्कृष्ट खेलाडीलाई प्रदेशस्तरीय छनोटमा पठाएको हो। कोशी प्रदेशअन्तर्गत सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, उदयपुर, खोटाङ र भोजपुरलगायत ११ जिल्लाबाट खेलाडी प्रदेशस्तरीय छनोटमा पुगेका छन्।
राष्ट्रिय टोलीमा स्थान बनाउने लक्ष्यसहित जिल्लास्तरबाट आएका प्रतिभावान खेलाडीहरूले धरानमा आफ्नो फुटबल कौशल, शारीरिक क्षमता र खेल प्रदर्शन देखाउने काेशी प्रदेश फुटबल संघका अध्यक्ष किशाेर राईले जानकारी दिएका छन । उनका अनुसार प्रदेशस्तरीय छनोटबाट उत्कृष्ट खेलाडीलाई अन्तिम केन्द्रीय छनोटका लागि काठमाडौं पठाइनेछ।
देशभर करिब पाँच हजार युवा खेलाडी जिल्ला छनोटमा सहभागी भएको जनाइएको छ। एन्फाले स्थानीय तह र जिल्ला स्तरमा लुकेर रहेका प्रतिभावान खेलाडीको पहिचान गरी राष्ट्रिय टोली निर्माण गर्ने उद्देश्यले खुला छनोट कार्यक्रम सञ्चालन गरेको हो।
केन्द्रीय छनोटबाट करिब ३० देखि ३५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिने र त्यसपछि अन्तिम १४ सदस्यीय नेपाली टोली तय गरिने एन्फाले जनाएको छ।
फिफा यू–१५ विश्वकप एन्ड फेस्टिभल २०२६ आगामी अक्टोबर २२ देखि ३१ सम्म अजरबैजानमा आयोजना हुँदैछ। आठ–आठ खेलाडी मैदानमा खेलाइने प्रतियोगितामा प्रत्येक टोलीले बढीमा १४ खेलाडी दर्ता गर्न पाउने व्यवस्था छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक