राजनिती

गगन थापाप्रति भरोसा जागेको भन्दै कांग्रेसमै फर्के शिव राज श्रेष्ठ



धरानः नेपाली कांग्रेस परित्याग गरेका शिव राज श्रेष्ठ पुनः नेपाली कांग्रेसमै फर्केमा छन् । केही वर्ष अघि नेपाली कांग्रेस त्याग गरी नेकपा एमाले प्रवेश गरेका उनी पुनः नेपाली कांग्रेसमै फर्केको हो । कांग्रेसमा लामो समय विभिन्न जिम्मेवारीहरु  वहन गरेका उनी केही वर्ष अघि नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए । नेकपा एमालेमा रहंदा उनले नगर कार्यसमितिको आर्थिक संयोजकको जिम्मेवारी वहन गरेका थिए ।
नेपाली कांग्रेसमा पुनः प्रवेश गर्दै पार्टी सभापति गगन थापाप्रति भरोसा जागेकाले अब बाचिन्जेल कांग्रेस नछाड्ने समेत उनले बताए । आफुलाई पार्टीमा पुनः फर्किन निरन्तर प्रोत्साहन गरेको भन्दै नेता चन्द्रप्रसाद श्रेष्ठ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, नगर उपसभापति प्रविन राई लगायतका नेता लगायत स–सम्मान स्वागत गर्नुहुने सबैलाई उनले विशेष धन्यवाद दिएका थिए । उनले अब पार्टीमा जिम्मेवारी वहन गर्ने गरी सकृय रहने समेत बताए ।
कांग्रेसमा रहंदा राजनीतिक एवम् सामाजिक उच्च छवि बनाएका उनलाई नेपाली कांग्रेसका नेता पूर्व सांसद चन्द्रप्रसाद श्रेष्ठले टिका र खदा लगाएर पार्टी प्रवेश गराएका थिए । सो अवसरमा नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य सन्तोष वि.क., जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, जिल्ला सदस्यद्धय चन्द्र नेपाल र निर्मला नेपाल, संसदीय दल धरानका नेता एवम् नगर उपसभापति नरेन्द्र कुमार राई (प्रविन), महाधिवेशन प्रतिनिधिहरु चन्द्रशेखर लामा, ललिता अधिकारी शर्मा, निलकुमारी गिरी थापा, रवि राई र राजु शाह, नेपाल महिला संघ केन्द्रीय सदस्य कुशुम ओली, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सदस्यहरु दिनेश श्रेष्ठ, भवानी ओझा, सुमन श्रेष्ठ (तखाछे) र शिखा चेम्जोङ, प्रदेशसभा १(१) सचिव युवराज शंकर, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, प्रदेशसभा १(१) सहसचिव हरि ओझा, नगर सहसचिव शिला बज्रचार्य, वडा सभापति रुपेश आचार्य, नेविसंघ पूर्व केन्द्रीय सदस्य सागर प्रसाई लगायतको उपस्थिति रहनुका साथै उनीहरुले पनि अविर र खदाले स्वागत गरेका थिए ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३