राजनिती

धरानमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी र तस्वीर दहन


धरान: प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिविरुद्ध धरानमा विरोध प्रदर्शन गरिएको छ । सोमबार धरान–१ स्थित पुरानो अस्पतालबाट सुरु भएको र्‍याली आत्मसमपर्णवादी राष्ट्रघाती अभिव्यत्तिको विरुद्ध संयुक्त विरोधमा प्रदर्शन भएको हो ।

नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले सुकुम्बासी बस्तीमाथि भइरहेको सरकारी हस्तक्षेपको विरोध गर्दै थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। कार्यक्रमको कोणसभामा बोल्दै अध्यक्ष कार्कीले काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चलाएर गरिब तथा भूमिहीन नागरिकको उठीबास लगाइएको आरोप लगाए। उनले वर्षौंदेखि भोगचलन गर्दै आएका सुकुम्बासीलाई विस्थापित गर्ने नभई स्थायी लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गरे।
सुकुम्बासी अधिकारका लागि निर्णायक आन्दोलनको आवश्यकता रहेको उल्लेख गर्दै उनले चरणवद्ध आन्दोलनको घोषण गर्दै भोली र पर्सि राँके जुलुससहित विभिन्न आन्दोलनका कार्यक्रम सञ्चालन गरिने घोषणा गरे। साथै,पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण सुकुम्बासीलाई काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आह्वान गरे।

प्रदर्शनकारीहरुले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाउदै राष्ट्रघाती अभिव्यक्ति ‘झुटो’ भएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले धरानमा प्रधानमन्त्री बालेन शाहको तस्वीर दहन गरेका थिए।
प्रदर्शनका क्रममा सहभागीहरूले “फिर्ता गर, फिर्ता गर, सम्पूर्ण नेपाली नागरिकलाई आघात पुग्ने सरकारको निर्णय तुरुन्त फिर्ता गर” लगायतका नाराबाजी गरेका थिए।
कोणसभालाई सम्बोधन गदै नेपाली कम्युनिष्ट पार्टीका धरान ईन्चार्ज चोत्लुङले काठमाडौका मेयर हुदाँ बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर काम गरे पनि लिपुलेक, कालापानी जस्ता क्षेत्रमा भारतीय अतिक्रमणविरुद्ध नबोलेको र नक्साको सवालमा दिएको अभिव्यक्तिले नेपालको कूटनीतिक अडान कमजोर बनाएको आरोप लगाएका छन। उनले गरिब र सुकुम्बासीहरूले दुःख र पसिना बगाएर बनाएका घरहरूमा डोजर चलाएर उठिबास लगाएकोमा आपत्ति जनाउँदै यसलाई गाजा प्यालेस्टाइनमा हुने विनाशसँग डोजरको तुलना गरे ।
नयाँ बजेटमा ५० युनिटभन्दा बढी बिजुली खपत गर्नेलाई थप कर भ्याट लगाउने व्यवस्था गरिएको भन्दै आक्रोश व्यक्त गरिएको छ। पहिलेको सरकारले विद्युतीय सवारी र विद्युतीय चुलो प्रवर्द्धन गर्ने नीति ल्याएको तर यो बजेटले विद्युत् खपत गर्ने सर्वसाधारणलाई सजाय दिएको दाबी गर्दै यो निर्णय फिर्ता लिन माग गरिएको छ।
नागरिकहरू बिरामी हुँदा वा निजी तथा सरकारी अस्पतालमा उपचार गराउँदा समेत थप शुल्क र कर तिर्नुपर्ने व्यवस्थाको विरोध गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले तथा भूमि अधिकार श्रमिक संगठन जिल्ला कमिटीका अध्यक्ष चन्द्र भुजेलले प्रधानमन्त्री बालेन शाहको पछिल्लो अभिव्यक्तिको आलोचना गरेका थिए। उनले सरकारका निर्णय र अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विरोधमा एकजुट हुन आह्वान गरे।
कार्यक्रममा विभिन्न सुकुम्बासी तथा भूमिहीन अधिकारसम्बद्ध संगठनका प्रतिनिधि तथा समर्थकहरूको सहभागिता रहेको थियो।
अभिव्यक्तिको विरोध गर्दै धरानमा विभिन्न बस्ती संरक्षण तथा राजनीतिक समूहहरूले संयुक्त विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले “भूमिहीन तथा अव्यवस्थित सुकुम्बासीलाई उठीबास गर्ने भर नगरौं, देश जोगाउन सबै नेपालीले हातेमालो गरौं” लगायतका नारासहित ब्यानर र प्लेकार्ड बोकेर विरोध जनाएका थिए। कार्यक्रममा सहभागीहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अधिकार सुनिश्चित गर्नुपर्ने मागसमेत राखेका थिए।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३